२५ भदौं काठमान्डौं । नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको ३१ नाल हतियार र त्यसमा लाग्ने गोलीगट्ठा बरामद गरेको जानकारी दिएको छ ।प्रदर्शन क्रममा आक्रमणमा घाइते भएका २३ जना घाइते नेपाल प्रहरी तथा तीन जना गैरसैनिक व्यक्तिहरूको सैनिक अस्पतालहरूमा उपचार गरिएको सेनाले जारी गरेको अपडेटमा उल्लेख छ ।
जेन जी आन्दोलनको आवरणमा घुसपैठ गरेका अराजक समूहले आगजनी गरेका सार्वजनिक तथा निजी संरचनाको आगो निभाउन तीनवटा बारुण यन्त्रको प्रयोग गरिएको सेनाले जनाएको छ ।काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।