काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी , बागमती,...
९ साउन काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ ।मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो ।नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । राधा...
८ साउन सल्यान । बलात्कारको आरोपमा सल्यानमा २ जना पक्राउ परेका छन भने अन्य एक जना फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।पक्राउ पर्नेमा सल्यानको वनगाड कुपिण्डे नगरपालिका १ देवस्थलका २१ वर्षीय बसन्त बुढा र जाजरकोट जिल्लाको जुनीचाँदी गाउँपालिका ८ घर भई हाल सल्यान देवस्थलमै बस्दै आएका २४ वर्षीय मानबहादुर रावत छन्।उनीहरूलाई प्रहरीले साउन २ गते सल्लीबजारबाट...
दीपक शर्मा ८ साउन जाजरकोट । कारागार कार्यालय जाजरकोटमा क्षमता भन्दा वढि कैदी बन्दी रहेका छन । कारागार कार्यालय जाजरकोटका प्रमुख चन्द्रबहादुर गीरीले हाल ४२ जना कैदी र २९ जना थुनुवा गरी जम्मा ७२ जना थुनुवा तथा कैदी बन्दी रहेको जानकारी दिनु भयो । ति मध्ये ६ जना ६० वर्ष माथिका छन भने ६० वर्ष मुनिका ६६ जना रहेका छन । पछिल्लो पटक थप एक कोठा निर्माण भएपछि कैदि बन्दी राख्न...
बाँके । बाँकेमा खोलामा डुवेर एक जनाको मृत्यु भएको जिल्ला प्हरी कार्यालय बाँकेले जनाएको छ । बाँकेको डुडुवा गाउँपालिका ५ लडिया घाटस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर नेपालगन्ज उपमहानगरपालिका ६ फुल्टेक्रा निवासी १५ वर्षीय भुपेन्द्र रानाको मृत्यु भएको हो ।
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमनका कर्मचारीहरुलाई “अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ हुन निर्देशन दिनुभएको छ । मंगलबार बिहान काठमाडौंस्थित अध्यागमन विभागको निरीक्षण गर्दै उहाले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिसले सबैभन्दा पहिला नेपालीका रूपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको उल्लेख गर्नु भयो । पछिल्लो समय मानव बेचबिखनका घटना बढेको सुन्नमा आएको...
काठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ । यो खेल आज नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदै छ । यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ । भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो । त्यस्तै समुह ए अन्तर्गत आजै...
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म १ सय ३० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम...
जाजरकोट । ऐतिहासिक जाजरकोट दरबार मनसुनजन्य प्रकोप तथा बर्षाबाट थप क्षति हुन नदिन पालले ढाकिएको छ । गत कार्तिक १७ गतेको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त र अत्यन्तै जीर्ण हुन पुगेको जाजरकोटको पहिचान र ऐतिहासिक जाजरकोट दरबार मनसुनजन्य प्रकोप तथा बर्षाबाट थप क्षति हुन नदिन पालले ढाकिएको हो । डिभिजन वन कार्यालय जाजरकोटको सहयोगमा अत्यन्तै जोखिमका बाबजुद पालले ढाक्ने...
जाजरकाेट । जननायक बीपी कोइरालाको ४२औँ स्मृति दिवस नेपाली कांग्रेस प्रदेश क्षेत्रिय कार्य समिति प्रदेश 'क' जाजरकाेटले जिल्ला अस्पताल जाजरकाेटका बिरामीहरुलाई फलफूल वितरण गरेर मनाएको छ। नेपाली कांग्रेस प्रदेश क्षेत्रिय कार्य समिति प्रदेश 'क' जाजरकाेटकाे आयाेजनामा जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेर मनाएको हाे । नेपाली कांग्रेस प्रदेश कमिटि सदस्य...