२३ भाद्र २०८१, आईतवार
२३ भाद्र २०८१, आईतवार
३५ जना क्षमता भएको जाजरकोट कारागारमा ७२ जना थुनुवा कैदी बन्दी
३५ जना क्षमता भएको जाजरकोट कारागारमा ७२ जना थुनुवा कैदी बन्दी
  • न्युज डेस्क

दीपक शर्मा

८ साउन जाजरकोट । कारागार कार्यालय जाजरकोटमा क्षमता भन्दा वढि कैदी बन्दी रहेका छन ।

कारागार कार्यालय जाजरकोटका प्रमुख चन्द्रबहादुर गीरीले हाल ४२ जना कैदी र २९ जना थुनुवा गरी जम्मा ७२ जना थुनुवा तथा कैदी बन्दी रहेको जानकारी दिनु भयो । ति मध्ये ६ जना ६० वर्ष माथिका छन भने ६० वर्ष मुनिका ६६ जना रहेका छन ।

पछिल्लो पटक थप एक कोठा निर्माण भएपछि कैदि बन्दी राख्न खासै समस्या नभएपनि ३५ जनाको क्षमता कारागारमा हाल ७२ जना कैदी थुनुवा रहेका कारण सुत्नको समस्या भएको गीरीले बताउनु भयो । ७२ जना कैदी थुनुवा मध्ये अधिकांस जबरजस्ती करणी मुद्धाका छन भने बाँकी कर्तव्य ज्यान मुद्धाका छन ।

भौतिक पुर्वाधारको अभावमा कैदी वन्दीको सख्या बढ्दै जाँदा राख्न समस्या हुने देखिन्छ । क्षमता भन्दा वढि कैदि बन्दी भएका कारण समस्या त हुने नै भयो यसका लागी सम्वन्धित निकायमा जानकारी पनि गराइएको कारागार प्रमुख चन्द्रबहादुर गीरीले बताउनुभयो ।

  • ८ श्रावण २०८१, मंगलवार प्रकाशित
  • Nabintech