२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
बिपी स्मृति दिवसमा विरामीलाई फलफुल वितरण
बिपी स्मृति दिवसमा विरामीलाई फलफुल वितरण
  • पश्चिम पत्र

जाजरकाेट । जननायक बीपी कोइरालाको ४२औँ स्मृति दिवस नेपाली कांग्रेस प्रदेश क्षेत्रिय कार्य समिति प्रदेश ‘क’ जाजरकाेटले जिल्ला अस्पताल जाजरकाेटका बिरामीहरुलाई फलफूल वितरण गरेर मनाएको छ।

नेपाली कांग्रेस प्रदेश क्षेत्रिय कार्य समिति प्रदेश ‘क’ जाजरकाेटकाे आयाेजनामा जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेर मनाएको हाे ।

नेपाली कांग्रेस प्रदेश कमिटि सदस्य नगेन्द्र शाहकाे उपस्थितिमा भएको कार्यक्रममा नेपाली कांग्रेस जाजरकाेटका सचिव तेज विक्रम शाह, प्रदेश क्षेत्रिय कार्य समिति प्रदेश ‘क’ का  सभापति लिला बहादुर शाह, महा समिति सदस्य महेन्द्र शाह, जिल्ला कमिटि सदस्य भिम बहादुर सिंह, नेपाल शिक्षक संघका केन्द्रिय सदस्य दिर्घ बहादुर सिंह, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य निराजन शाही लगायतकाे सहभागीता थियाे ।

सो अवसरमा अस्पतालका बिरामीहरुलाई स्याउ, केरा, आँप लगायतकाे फलफूल बितरण गरेको प्रदेश क्षेत्रिय कार्य समिति प्रदेश ‘क’ का  सभापति लिला बहादुर शाहले बताए ।

  • ६ श्रावण २०८१, आईतवार प्रकाशित
  • Nabintech