२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
गृहमन्त्रीले कसलाई भने अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ हुनुपर्‍यो
गृहमन्त्रीले कसलाई भने अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ हुनुपर्‍यो
  • पश्चिम पत्र

 काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमनका कर्मचारीहरुलाई “अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ हुन निर्देशन दिनुभएको छ ।

मंगलबार बिहान काठमाडौंस्थित अध्यागमन विभागको निरीक्षण गर्दै उहाले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिसले सबैभन्दा पहिला नेपालीका रूपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको उल्लेख गर्नु भयो ।

पछिल्लो समय मानव बेचबिखनका घटना बढेको सुन्नमा आएको उहाको भनाई थियो ।

त्यसलाई रोक्न सचेततापूर्वक खटिन उहाले कर्मचारीलाई निर्देशन दिनुभयो ।गृहमन्त्री लेखकले अध्यागमनसम्बन्धी विधयेक संशोधनका निम्ति एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेस गर्न आग्रह समेत गर्नु भयो ।

  • ८ श्रावण २०८१, मंगलवार प्रकाशित
  • Nabintech