६ मंसीर बर्दिया । बर्दियामा लागु औषध सहित बर्दियामा २ जना पक्राउ परेका छन । बर्दिया गुलरिया नगरपालिका ११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका ४ बस्ने ३० वर्षीय अनिल गोडिया र सोही नगरपालिका २ बस्ने ३५ वर्षीय विकास विक रहेका...
६ मंसीर कैलाली । कैलाली जिल्ला समन्वय समिति प्रमुखमा उम्मेदवारी दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि नेपाली कांग्रेसकी उम्मेदवार टीका कुमारी चौधरी भूल निर्विरोध निर्वाचित भएकी छिन् । प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका आुसार भूलसहित दुई जनाको उम्मेदवारी परेको थियो । प्रदेश निर्वाचन कार्यालयले औपचारिक रुपमा तीन...
४ मंसीर बाँके । संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकीको निधन भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुर निवासी कांग्रेस नेता समेत रहनु भएका अब्दुल हमिद सिद्दिकीको ६० वर्षको उमेरमा गएराती हृदयाघातबाट निधन भएको परिवारले जनाएको छ । अब्दुल हमिद सिद्दिकी दोस्रो संविधानसभा २०७० मा सभासद् रहनु भएको थियो । उहाको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने...
४ मंसीर रुकुम । आफनै श्रीमानको हत्याको आरोमा रुकुममा एक जना महिला पक्राउ परेको प्रहरीले जनाएको छ । चौरजहारी नगरपालिका–२ निवासी ३२ वर्षीया दीपा कुमालले आफ्ना श्रीमान ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।प्रहरीका अनुसार दीपाले मधुको टाउकोमा चिर्पटले हानेर हत्या गरेकी हुन् । गएराति अन्दाजी २ः३० बजे घरायसी विवादको कारण...
४ मंसीर बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ ।पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । यस्तै १८ वर्षमाथिका १३ प्रतिशत व्यक्ति आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्याबाट पीडित भएका र पाँच दशमलव चार प्रतिशतमा मानसिक स्वास्थ्य...
३ मंसीर काठमान्डौ । कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पुरयाउनै कठिन छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले कर्णालीका सबै डिपोहरूमा नुन ढुवानी गरिरहेको छ । सरकारले ढुवानी भाडामा अनुदान दिइ साल्ट ट्रेडिङले कर्णालीका जिल्लामा आयोडिनयुक्त नुन सहुलियतामा बिक्री गर्दै आएको छ । उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रबाहेक अन्य ठाउँमा आयोडिनयुक्त नुन पुरयाउने क्रम...
३ मंसीर काठमान्डौ । पाकिस्तानविरूद्धको तीन खेलको टी २० सिरिज घरेलु टोली अस्ट्रेलियाले क्लिनस्विप गरेको छ। सोमबार होबर्टमा भएको तेस्रो खेलमा ७ विकेटको जित निकालेसँगै घरेलु टोलीले सिरिज ३.० ले जितेको हो।सोमबार पाकिस्तानले दएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमै ३ विकेट गुमाएर पूरा गर्यो।अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले नटआउट ६१ रन जोडे। त्यसअघि...
२ मंसीर काठमान्डौ । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसले लामिछाने र पूर्वडिआइजी छविलाल जोशीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।अदालतका सूचना अधिकरी मेलिश...
जाजरकोट । मङ्सिर १६ गते हुने उपनिर्वाचन अन्तरगत नलगाड नगरपालिकाको उप प्रमुख पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । नलगाडको उप प्रमुखका लागि नेपाली काङ्ग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने, नेसपाबाट पवित्रा जैसी, राष्ट्रिय स्वतन्त्रबाट पार्वती पुन र राप्रपा नेपालबाट सुनिता पुन रावलको उम्मेदवारी दर्ता भएको...
२ मंसिर, काठमाडौं । पूर्वी चीनमा एक युवकले चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।सिन्हुवा समाचार एजेन्सीका अनुसार चियाङ्गसु प्रान्तको यिक्सिङ शहरस्थित उसी भोकेस्नल इन्सटिच्युट आफ आर्टस् एण्ड टेक्नोलोली कलेज परिसरमा २१ वर्षीय युवकले चक्कु प्रहार गरेका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । उनले आफ्नो अपराध...