२५ पुस कास्की । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलगायतका लाई धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।
न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न भर्खरै आदेश दिएको हो । अदालतको आदेशसँगै सहकारी पीडितहरुले नाराबाजी गरेका छन् ।सोही आरोपमा प्रहरी हिरासतमा रहेका पूर्व डिआईजी छविलाल जोशीलाई पनि धरौटीमा छाड्न आदेश दिइएको छ । उनलाई ८८ लाख रुपैयाँ धरौटी तोकिएको छ ।