२५ पुष २०८१, बिहीबार
२५ पुष २०८१, बिहीबार
रिसको झोकमा आमाले गरिन दुई छोरीको हत्या
रिसको झोकमा आमाले गरिन दुई छोरीको हत्या
  • न्युज डेस्क

२५ पुस सल्यान । आफ्नै दुई छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्।सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिका–११ बस्ने २६ वर्षीया पूर्णिमा रानामगरले आफ्नै ३ वर्षीया छोरी करिष्मा रानामगर र ६ महिनाकी छोरी राघवी रानामगरको घाँटी थिचेर हत्या गरेको सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले जानकारी दिनुभयो ।

श्रीमानसँग झगडा हुँदा रिसको झोंकमा बच्चाहरूलाई मारेको बयान दिएको प्रहरीले जनाएको छ ।बुधबार बिहान साढे १० बजेतिर उनले श्रीमानसँग फोनमा कुरा गरेकी थिइन्। त्यही क्रममा उनीहरूबीच झगडा भएको उनले बताइन्।उनका श्रीमान कामको शिलशिलामा नुवाकोटमा छन्।

  • २५ पुष २०८१, बिहीबार प्रकाशित
  • Nabintech