२३ पुस काठमाडौं । काठमाडौंमा आज भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।
भूकम्पविद् लोकविजय अधिकारीका अनुसार भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गीमा छ । तिब्बतमा गएको भूकम्पले काठमाडौंसम्म हल्लाएको हो । भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए । भुकम्पबाट के कति क्षति भएको छ भन्ने विषयमा प्रसाशनले काम गरिरहेको जनाएको छ ।