१७ असोज काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ...
१६ असोज बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका ८ खोड्पे नजिकै एम्बुलेन्स दुर्घटनामा परेको छ। जिल्ला अस्पताल बैतडीबाट गर्भवती बोकेर डडेल्धुरा जाँदै गरेको सुपप्र०१००१ ह ४०४ नम्बरको एम्बुलेन्स बुधबार दिउँसो २ बजेतिर खोडपे नजिकै दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। दुर्घटनामा परेको एम्बुलेन्स...
१६ असोज बाँके । बाँके प्रहरीले एक जना भारतीय नागरिक सहित २ जनालाई पक्राउ गरेको छ । लागुऔषध ब्राउन सुगरसहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० राँझाबाट लागु औषधसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । लागुऔषध नियन्त्रण व्यूरो महेन्द्रनगर, कञ्चनपुर, लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र...
१६ असोज काठमाडौं । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । हेलिकोप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् । अधिकारीहरुका अनुसार मुम्बईको दक्षिणपूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समय...
१६ असोज, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय एमयूको रजिस्ट्रार पदका लागि १३ जनाको आवेदन परेको छ । रजिस्ट्रार नियुक्तिको लागि विश्वविद्यालयले गत भदौ ३० गते खुला दरखास्त आह्वान गरेको थियो । मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति प्रधानमन्त्री बाट हुने प्रावधान रहेको छ । सिधै नाम सिफारिस गर्न मिल्ने...
१६ असोज हुम्ला । हुम्लामा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । घरभन्दा आधा घण्टाको दूरीमा रहेको औलको सियाणी खोलामा माटो खन्न गएका उनीहरूको ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले बताए । ।मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका रोजगार शाखाका २४ वर्षका प्राबिधिक धुर्ब शाही र सोही वडाकी करिव २४ वर्षीया मनसरा...
१६ असोज काठमान्डौ । बाबर आजमले पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । उनले परिवार र आफ्नो खेलमा समय दिनका लागि कप्तानबाट राजीनामा दिएको बताएका छन् । टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो । तर अब मैले पद छाड्दै आफ्नो खेलमा ध्यान केन्द्रित गर्ने समय आएको छ,ु उनले लेखेका छन् ।विश्वकप(२०२३...
१६ असोज ताप्लेजुङ । विगत ११ महिनादेखि हङकङमा रहेका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिनुभएको छ । वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उनले यही असोज १८ गतेदेखि लागू हुनेगरी राजीनामा दिनुभएको हो । विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उनले जनताको सेवा...
१६ असोज काठमाडौं । इरानले इजरायलमाथि रकेट आक्रमण गरेको छ । इजरायली सेनाले इरानबाट प्रहार भइरहेका क्षेप्यास्त्रहरूलाई पहिचान गरी नष्ट गर्ने प्रयास गरिरहेको बताएको छ । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली नागरिकलाई सतर्क रहन र सुरक्षात्मक कदम चाल्न आग्रह गरेका छन् ।इजरायली सेनाले इजरायलीहरूलाई सतर्क रहन र होम फ्रन्ट कमाण्डको निर्देशनहरू पालना...
१६ असोज कास्की । सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा गुल्मी मुसिकोट घर भइ ललितपुर बस्ने ३२ वर्षीया लिला पछाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरी स्रोतकाअनुसार लिला गितेन्द्र बाबु राई जीबी को एक कम्पनीको...