१६ भदौ काठमाडौं । अफगानिस्तानमा आइतबार राति गएको भुकम्पमा परी कम्तिमा २५० जनाको मृत्यु भएको छ । हजारौ घाइते भएका छन । मृतकको सख्या बढन सक्ने डाक्टरहरुले बताएका छन ।६. ३ तीव्रताको भूकम्प जाँदा कम्तिमा २५० जनाको मृत्यु भएको छ । ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको छ ।यो भूकम्प भारतीय समयअनुसार राति १२.४७ बजे जलालाबाद...
१५ भदौं रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३को उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले ९ जना आकांक्षीमध्येबाट एकजना उम्मेदवारको नाम टुङ्गो लगाएको हो।आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि रास्वपाले डा लेखजंग थापालाई उम्मेदवार बनाएको पार्टीका कार्यबाहक सभापति डीपी अर्यालले...
१५ भदौं सुर्खेत । सुर्खेत प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा विभिन्न होटलबाट १३ जनालाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, सार्वजनिक स्वास्थ्य, सुरक्षा र सामाजिक नैतिकता विरुद्धका गतिविधिमा संलग्न भएको गुनासो आएपछि प्रहरीले वीरेन्द्रनगर–६ स्थित भूमिका रेस्टुरेन्ट एन्ड लज, आँगन होटल र घिमिरे होटलमा छापा मारेको थियो। सो...
१४ भदौं काठमान्डौं । युक्रेनको पश्चिमी सहर एल्भिभमा शनिबार एक सांसदको गोली हानी हत्या गरिएको छ ।सांसदको गोली हानी हत्या भएको भन्ने खबरलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुष्टि गरेका छन् ।जेलेन्स्कीले सन् २०१० को दशकमा संसदीय सभामुख रहेका चर्चित राजनीतिज्ञ एन्ड्री पारुबीको हत्याको विस्तृत अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरे ।प्रहरीका अनुसार ५४ वर्षीय...
१४ भदौं रुकुम । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ । उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा आज उनको निधन भएको एमाले पोलिटब्युरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले पुष्टि गरेका छन् । पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा एकैपटक...
१४ भदौं रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ ।लामो समयदेखि मुटु रोगबाट पीडित मुसलमानको शनिबार बिहान ९ बजे हृदयाघातका कारण घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । परम्परागत रूपमा आज साँझ ५ बजे स्थानीय कब्रिस्तानमा उनको अन्त्येष्टि गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले...
भदौं जाजरकोट । जाजरकोटको भेरी नगरपालिका वडा कार्यालय भवन निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडा कार्यालय भवन निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा नगरपालिकाका ६ जना कर्मचारी र ठेकेदार कम्पनीका दुईजना गरी आठजनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा...
१३ भदौं सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा अत्यधिक वर्षा भएको छ । पछिल्लो केही दिनदेखि नेपालमा मनसुन थप सक्रिय भएको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा सबैभन्दा बढी २९२ दशमलव तीन मिलिमिटर अर्थात् मुसल्धारे वर्षा भएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले न्यूनचापीय प्रणाली सक्रिय...
१३ भदौं अछाम । महिनावारी बार्न खेतमा पाल टाँगेर सुतेको अवस्थामा ढुङ्गा लागेर अछाममा दुई जनाको मृत्यु भएको छ ।जिल्लाको अछामको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलमा मंगलबार बिहान करिब ५ ३० बजे भीरबाट खसेको ढुङ्गाले त्रिपालमुनि सुतेका तीन जनालाई च्याप्दा घटनास्थलमै दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।मृत्यु हुनेमा गोरे...
१२ भदौं काठमान्डौं । रुसले बिहीबार युक्रेनमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा राजधानी किभमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । जसमा चार जना बालबालिका छन् । सरकारी अधिकारीहरूका अनुसार आक्रमणबाट किभमा रहेको युरोपेली संघको मिसन र ब्रिटिश काउन्सिलको कार्यालयमा क्षति पुगेको छ । यो आक्रमणको युरोपेली संघ र लण्डनले रूसी दूतहरूलाई बोलाएर विरोध जनाएका छन् ।