३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
रुपन्देही ३ मा रास्वपा बाट डा लेखजंग थापा चुनावी मैदानमा
रुपन्देही ३ मा रास्वपा बाट डा लेखजंग थापा चुनावी मैदानमा
  • न्युज डेस्क

१५ भदौं रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३को उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले ९ जना आकांक्षीमध्येबाट एकजना उम्मेदवारको नाम टुङ्गो लगाएको हो।आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि रास्वपाले डा लेखजंग थापालाई उम्मेदवार बनाएको पार्टीका कार्यबाहक सभापति डीपी अर्यालले बताए ।आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले थापालाई आकांक्षी ९ जनामध्ये टिकट दिएको हो ।

कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा। लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए । रास्वपाले उम्मेदवारको आकांक्षीका लागि २५ हजार शुल्क निर्धारण गरेको थियो।पार्टी सचिवालय बैठक बस्नअगाडि नख्खु कारागारमा रहेका सभापति रवि लामिछानेलाई रास्वापाबाट उम्मेदवारका सबै आकांक्षीले भेटेका थिए।

  • १५ भाद्र २०८२, आईतवार प्रकाशित
  • Nabintech