१५ भदौं सुर्खेत । सुर्खेत प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा विभिन्न होटलबाट १३ जनालाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, सार्वजनिक स्वास्थ्य, सुरक्षा र सामाजिक नैतिकता विरुद्धका गतिविधिमा संलग्न भएको गुनासो आएपछि प्रहरीले वीरेन्द्रनगर–६ स्थित भूमिका रेस्टुरेन्ट एन्ड लज, आँगन होटल र घिमिरे होटलमा छापा मारेको थियो।
सो क्रममा होटल सञ्चालकसहित १३ जना रंगेहात पक्राउ परेका हुन्।प्रहरीले नियन्त्रणमा लिनेहरूमा दैलेख, जाजरकोट, डोल्पा, अछाम, कालिकोटसहितका विभिन्न जिल्लाका व्यक्तिहरू रहेका छन्। पक्राउ परेका मध्ये केही होटल सञ्चालक समेत छन्।