३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार
लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन
लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन
  • न्युज डेस्क

१४ भदौं रुकुम । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ । उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा आज उनको निधन भएको एमाले पोलिटब्युरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले पुष्टि गरेका छन् ।

पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया मेजर अपरेशन गरिएको थियो ।पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उनी एमालेबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य चुनिएकी थिइन् ।

  • १४ भाद्र २०८२, शनिबार प्रकाशित
  • Nabintech