१६ भदौ काठमाडौं । अफगानिस्तानमा आइतबार राति गएको भुकम्पमा परी कम्तिमा २५० जनाको मृत्यु भएको छ । हजारौ घाइते भएका छन । मृतकको सख्या बढन सक्ने डाक्टरहरुले बताएका छन ।६. ३ तीव्रताको भूकम्प जाँदा कम्तिमा २५० जनाको मृत्यु भएको छ । ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको छ ।यो भूकम्प भारतीय समयअनुसार राति १२.४७ बजे जलालाबाद नजिक गएको हो ।
एनबीसी न्यूजले भूकम्पबाट २५० जनाको मृत्यु र ५०० जनाभन्दा बढी घाइते भएको जनाएको छ ।न्यूयोर्क टाइम्सले पनि सय भन्दा बढीको मृत्यु भएको र मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको जनाएको छ ।नेशनल सेन्टर फर सिस्मोलोजी एनसीएस का अनुसार भूकम्पको केन्द्र जमिनबाट १६० किलोमिटर तल थियो । यसको झट्का पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो ।