१२ भदौं काठमान्डौं । रुसले बिहीबार युक्रेनमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा राजधानी किभमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । जसमा चार जना बालबालिका छन् ।
सरकारी अधिकारीहरूका अनुसार आक्रमणबाट किभमा रहेको युरोपेली संघको मिसन र ब्रिटिश काउन्सिलको कार्यालयमा क्षति पुगेको छ । यो आक्रमणको युरोपेली संघ र लण्डनले रूसी दूतहरूलाई बोलाएर विरोध जनाएका छन् ।