२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार
छाउ बार्न पालमा सुतिरहेका बेला ढुङ्गा खस्दा महिला र बालिकाको मृत्यु
छाउ बार्न पालमा सुतिरहेका बेला ढुङ्गा खस्दा महिला र बालिकाको मृत्यु
  • न्युज डेस्क

१३ भदौं अछाम । महिनावारी बार्न खेतमा पाल टाँगेर सुतेको अवस्थामा ढुङ्गा लागेर अछाममा दुई जनाको मृत्यु भएको छ ।जिल्लाको अछामको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलमा मंगलबार बिहान करिब ५ ३० बजे भीरबाट खसेको ढुङ्गाले त्रिपालमुनि सुतेका तीन जनालाई च्याप्दा घटनास्थलमै दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।मृत्यु हुनेमा गोरे भण्डारीकी ७ वर्षीया छोरी कविता भण्डारी र ३५ वर्षीया निम खनाल छन्।

घटनामा कविता भण्डारीकी आमा ३६ वर्षीया रत्ना भण्डारी गम्भीर घाइते भएकी छन्। उनको टाउकोमा गम्भीर चोट लागेको छ ।उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनु भयो ।अविरल वर्षाका कारण भीरबाट खसेको ढुङ्गाले त्रिपाल टाँगेर सुतिरहेका उनीहरुलाई ढुङ्गाले लागेको थियो । ती मध्ये दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

  • १३ भाद्र २०८२, शुक्रबार प्रकाशित
  • Nabintech