२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन
  • न्युज डेस्क

१४ भदौं रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ ।लामो समयदेखि मुटु रोगबाट पीडित मुसलमानको शनिबार बिहान ९ बजे हृदयाघातका कारण घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

परम्परागत रूपमा आज साँझ ५ बजे स्थानीय कब्रिस्तानमा उनको अन्त्येष्टि गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिनु भयो ।सजरुद्दिन नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा निर्वाचित भएका थिए ।

  • १४ भाद्र २०८२, शनिबार प्रकाशित
  • Nabintech