२० असोज दाङ । आफनै श्रीमानको हत्याको आरोपमा दाङमा एक जना महिला पक्राउ परेको प्रहरीले जनाएको छ ।घोराही उपमहानगरपालिका–१ मा ६४ वर्षीय श्रीमान ढालबहादुर चौधरीको हत्या आरोपमा उनकै ६२ वर्षीया श्रीमती छायादेवी चौधरी पक्राउ परेकी हुन्। दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार शनिबार राति १० बजेतिर आपसी विवादका क्रममा श्रीमती छायादेवीले श्रीमान ढालबहादुरको...
२० असोज काठमाडौं । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात्...
१९ असोज नयाँ दिल्ली । मध्य प्रदेशको छिंदवाडा जिल्लामा, प्रहरीले सरकारी डाक्टर प्रवीण सोनी, कफ सिरप बनाउने कम्पनी श्रीसन फार्मास्युटिकल्सका सञ्चालकहरू र अन्य जिम्मेवार व्यक्तिहरू विरुद्ध कफ सिरप सेवन गर्दा ११ बालबालिकाको मृत्युको सम्बन्धमा एफआईआर दर्ता गरेको छ।यो कारबाही अक्टोबर ५ मा पारसिया ब्लकका मेडिकल अफिसर डा.अंकित सहलामको उजुरीको आधारमा गरिएको हो । जिल्ला...
१९ असोज बाँके । बाँकेमा डुबेर एक जनाको मृत्यु भएको छ । बाँके प्रहरीका अनुसार खजुरा गाउँपालिका–४ का ५१ वर्षीय पोमबहादुर थापाको आइतबार बिहान शव फेला परेको हो। बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीका अनुसार थापा शनिबार दिउँसो डुबेर बेपत्ता भएका थिए । थापाको शव आइतबार बिहान पौने ७ बजेतिर फेला परेको हो।इलाका प्रहरी कार्यालय धनौलीका अनुसार शनिबार दिउँसो थापा मदिरा...
१९ असोज बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपलिका सहित केहि स्थानमा , निषेधाज्ञा जारी गरेको छ।दसैंको अवसरमा दुर्गाका मूर्ति विसर्जन गर्ने क्रममा शुक्रबार दिउँसो दुई समुदायबीच झडप भएपछि निषेधाज्ञा लगाउनुपर्ने स्थिति आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।निषेधाज्ञा जारी भएका ठाउँमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ को सम्पूर्ण...
१८ असोज काठमाडौं । लामो दूरीका तथा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको छ । बाढी र पहिरोको पूर्वानुमान रहेकाले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ देखि २० गतेसम्म भारीदेखि अति...
१६ असोज, काठमाडौं । आज गुरुपुरोहित र मान्यजनको हातबाट टीका लगाएर बडादशैं मनाइँदै छ । टीका लगाउने उत्तम साइत ११ बजेर ५३ मिनेटमा छ भन्ने त धेरैलाई थाहा भइसकेको हुनुपर्छ र टीका लगाउँदा कता फर्किएर लगाउने भन्ने पनि थाहा नै होला ।हो, दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पूर्व फर्किनुपर्छ र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका...
१६ असोज काठमाडौं । नेपालीहरूको महान चाड बडादसैँको मुख्य दिन आज असोज १६ मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । त्यसअघि बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।
१५ असोज काठमान्डौं । दसैंको घटस्थापनादेखि नवौं दिनको अवधिमा मात्रै ६ लाख ११ हजार ६५७ जना काठमाडौं बाहिर गएका छन्।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरू भएको दिनदेखि आजसम्म सो संख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्।त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौं उपत्यका छाडेका...
१५ असोज जाजरकोट । जाजरकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तिन जना घाइते भएका छन । जाजरकोटको नलगाड नगरपालिका–५, कालीमाटीबाट पोख्रातिर गइरहेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।बुधबार असोज १५ बिहान कर्णाली प्रदेश ०२००१च१२५५ नम्बरको जीप दुर्घटना हुँदा नलगाड–५, पोख्राका २२ वर्षीय निसान वलीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनलाई...