१३ असोज काठमान्डौं । म्यान्मारको पश्चिमी रखाइन राज्यमा सेनाले विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा हवाई हमला गर्दा कम्तीमा ४९ जनाको मृत्यु भएको छ । घटनामा ५८ जना घाइते भएका छन् ।अराकान आर्मी र उद्धार कार्यमा संलग्न एक अधिकारीका अनुसार सोमबार क्याउक्ताव टाउनसिपको स्थानीय बजारनजिक एक लडाकु विमानले दुईवटा बम खसालेको थियो । मृतकमा बजारका व्यापारी,...
१२ असोज काठमान्डौ । आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत केही खेल नेपालगञ्जमा सञ्चालन गर्ने गरी गरिएको तयारी गरिएको छ ।यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले सोमबार नेपालगञ्ज रङ्गशालाको निरीक्षण गरेका छन् ।दशौँ राष्ट्रिय खेलकुदका लागि नेपालगञ्जमा उपलब्ध खेल...
१२ असोज काठमान्डौं । माओत्से गुरूङ निर्देशित फिल्म पेन्सन पट्टाुले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ।चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार फिल्मको ग्रस कमाइ ७ करोड रूपैयाँ नाघेको छ।बोर्डले सोमबार सार्वजनिक गरेको आइतबारसम्मको विवरणअनुसार पेन्सन पट्टाले ७ करोड १ लाख ४१ हजार रूपैयाँ ग्रस कमाइ गरेको हो। उक्त कमाइका लागि फिल्मका...
१२ असोज काठमान्डौं । गृहमन्त्री सुधन गुरुङको सचिवालयका सदस्यहरूसँग आफ्नो सम्पर्क छ भन्दै अडिओ संवाद गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको नेपालगन्ज घर भई कागेश्वरी मनोहरा बस्ने आशीष मल्ल भन्ने धर्मराजलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । सोधपुछ गर्न खोज्दा खटिएको प्रहरी टोली उपर गाली गलौज गर्दै सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अभद्र व्यवहार...
१२ असोज जाजरकोट । जाजरकोटमा चार जनाको उद्धार गरिएको छ ।जाजरकोटको भेरी नगरपालिका १३ स्थित भेरी नदीको टापुमा फसेका चार जनाको उद्धार गरिएको छ । आज दिउँसो चार बजे कुदुस्थित भेरी नदी किनारको टापुमा फसेका चार जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिका –१३ कुदु निवासी ३२ वर्षीय नन्दलाल बि.क. , ४१ वर्षीय...
१२ असोज काठमाडौं । जापानको आइची–नागोयामा जारी एसियन गेम्स २०२६ अन्तर्गत भारतीय पुरुष कबड्डी टोलीले स्वर्ण पदक जितेको छ । फाइनलमा इरानलाई ४०–३४ ले पराजित गर्दै भारतले एसियन गेम्सको पुरुष कबड्डीमा नवौँ पटक स्वर्ण पदक जितेको हो ।भारतले अहिलेसम्म भएका १० वटा एसियन गेम्स कबड्डी प्रतियोगितामध्ये नौ पटक स्वर्ण जितेको छ ।
१२ असोज सुर्खेत । सुर्खेतमा बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला परेको छ ।जिल्लाको सिम्ता गाउँपालिका–४ बजेडीचौरस्थित सामुदायिक वनमा बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला पारिएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत सिम्ता गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बादेपीपलबाट प्रहरी नायब निरीक्षक चेतनबहादुर बुढाको नेतृत्वमा गएको टोलीले तीन...
११ असोज काठमाडौं । प्रहरीले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरेको छ ।अपराध महाशाखाका प्रमुख एसएसपी सन्तोष खड्काको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको स्रोतले जानकारी दियो ।
१० आश्विन रुकुम पश्चिम । रुकुम पश्चिम खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ स्याउलीबारकी ५८ वर्षीया बेगमाया दमाईलाई लहुँबाट सिम्रुतु खोला तरेर स्याउलीबजार जाने क्रममा खोलाले बगाएको थियो । करिब २०–२५ मिटर तल बगाएपछि स्थानीयवासी र प्रहरीले उनको उद्धार गरेका थिए ।उद्धारका क्रममा बेगमाया अचेत अवस्थामा फेला परेको र उनलाई...
१० असोज काठमान्डौ । पहिरोका कारण कर्णाली प्रदेशका ६ जिल्लाका सडक अवरुद्ध भएका छन् ।कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबारदेखि परेको अविरल वर्षाका कारण कालीकोटको शुभकालिका– १, गगनेखोलामा आएको पहिरोले कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । सुर्खेतको बराहताल गाउँपालिका– ७, अम्रिसेमा पनि पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध छ ।यस्तै,...