१० आश्विन काठमान्डौ । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै सैन्य कारबाहीमा १६ जना आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ।सेनाको सञ्चार शाखा अन्तरसेवा जनसम्पर्क विभागका अनुसार प्रान्तीय राजधानी क्वेटानजिकैको शाबान क्षेत्रमा बिहीबार आतंकवादीहरूको आश्रयस्थललाई लक्षित गरी गरिएको कारबाहीमा पाँच जना मारिएका...
१० आश्विन काठमाडौं– भारतीय चलचित्र क्षेत्रमा आफ्नो फरक हास्य शैली र अभिनयबाट दर्शकमाझ लोकप्रिय बनेका अभिनेता मुश्ताक खानको बिहीबार साँझ क्यान्सरका कारण निधन भएको छ ।अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको निधनसँगै लामो समयदेखि चलचित्र तथा रंगमञ्चमा सक्रिय एक परिचित कलाकारको यात्रा टुंगिएको छ ।उनका छोरा मोहसिनले बताएअनुसार, अस्पताल भर्ना हुनुअघिसम्म...
८ आश्विन काठमाडौं । बलिराम चौहानको निर्देशनमा बन्ने सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को छायांकन शुरु गरिएको छ । निर्माण टिमले ललितपुरको कार्यविनायक मन्दिरमा पूजा गर्दै सिनेमाको शुभमुहूर्त गरेका हुन् । जसमा सिनेमाका निर्देशक चौहान निर्माता भोलानाथ कटुवालसहित सबैजसो मुख्य कलाकार उपस्थित थिए । उनका अनुसार ३५ दिनको छायांकन तालिकासहित छायांकन सुरु गरिनेछ । यो सिनेमाको...
८ असोज सुर्खेत । नेपालगन्जबाट डोल्पाका लागि उडेको सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको चक्का फुत्किएको छ । बिहीबार बिहान डोल्पा विमानस्थल जुफालमा अवतरण गर्ने क्रममा जहाजको पछाडिको चक्का फुत्किए पनि ठूलो दुर्घटना हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।सीता एयरको ९ एन–ए–जे जहाज बिहान ८ः२५ बजे डोल्पा विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको...
७ आश्विन काठमान्डौ । जापानको इची नागोयामा भइरहेको २०औं एसियन गेम्समा नेपालले पहिलो पदक जित्न सफल भएको छ। नेपालले करातेबाट पहिलो पदकस्वरुप कास्य पदक जितेको हो। नेपालका लागि करातेको कुमितेको ८४ केजीमाथिको तौल समूहमा तेन्जिङ शेर्पाले कास्य पदक जित्न सफल भएका हुन्।
६ असोज सुर्खेत । सुर्खेतमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।जिल्लाको चौकुने गाउँपालिका–५ रेक्चाका ३२ वर्षीय गोपीराम जैसीले आफ्नै श्रीमती ३० वर्षीया चन्द्रा देवकोटा जैसीलाई घरमै फरूवाले टाउकोमा प्रहार गरी हत्या गरेका थिए। मंगलबार बिहान सवा १० बजेतिर गोपीरामले श्रीमती चन्द्राको टाउकोमा फरूवा प्रहार गरी हत्या गरेको खबर पाउनासाथ पुगेको...
६ असोज काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन जारी छ।कबड्डी र अन्य व्यक्तिगत विधामा एसियाली पावरहाउसहरूसँगको प्रतिस्पर्धामा नेपाली टिम पराजित हुँदै प्रारम्भिक चरणबाटै बाहिरिएका छन्। पुरुष तथा महिला कबड्डी टोलीले इरान र पाकिस्तानजस्ता बलियो टिमविरुद्ध कडा टक्कर दिए पनि जित हात पार्न असफल रहे।यस्तै, सफ्ट टेनिसको मिक्स्ड डबल्समा...
६ असोज काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा हिजो भएको आगलागीमा गम्भीर घाइते भएका बस चालकको उपचारका क्रममा निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा चालकको निधन भएको प्रहरीले जनाएको छ।त्रिपुरेश्वरस्थित राहदानी विभागको बस स्टपमा रिद्धिसिद्धि यातायातको बा.५ख ४२७४ नम्बरको बसमा आगो लागेपछि घाइते भएका चालकलाई १ बजेतिर अस्पताल पुर्याइएको थियो ।घटनाको...
५ असोज काठमान्डौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ ।नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब १५ अर्ब जम्मा भइसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ मौज्दात छ । सरकारले उक्त कोषमा...
५ असोज काठमाडौं । नेपाली उसु खेलाडी सुस्मिता तामाङले जापानमा जारी एसियाली खेलकुदअन्तर्गत थाउलोको महिला छानछ्वानको स्पर्धामा १३औँ स्थान हासिल गरेकी छन् ।सोमबार आइचीको प्रिफेक्चुरल मार्सल आर्ट हलमा सुस्मिताले कुल ९.५८० अंक प्राप्त गरिन् । उनले क्वालिटी अफ मुमेन्टमा ४.९०, ओभरल पफर्मेन्समा २.६८० र डिग्री अफ डिफिकल्टीमा २.०० अंक जोडिन् ।१६ खेलाडीले प्रतिस्पर्धा...