२ असोज काठमाडौं । भारतीय ओपनर अभिषेक शर्माले दिल्लीमा अफगानिस्तानविरुद्धको तेस्रो टी २० खेलमा मात्र ३० बलमा शतक प्रहार गर्दै पूर्ण सदस्य राष्ट्रका ब्याटरद्वारा बनाइएको सबैभन्दा छिटो टी २० आई शतकको नयाँ कीर्तिमान कायम गरेका छन्।यसअघि यो कीर्तिमान संयुक्त रूपमा जिम्बावेका सिकन्दर रजा २०२४ गाम्बियाविरुद्ध र न्युजिल्यान्डका फिन एलेन २०२६ टी २० विश्वकपमा दक्षिण...
२ असोज काठमाडौं । रसुवाको भोटेकोसी बाढीपछि केहीले घर गुमाए, केहीले अभिभावकको साथ । घर गुमाएकाहरू होल्डिङ सेन्टरमा आश्रय लिन पुगे भने अभिभावक गुमाएकाहरू आफन्तको शरणमा छन् । तर विद्यालय, साथी र आफ्नो नियमित दैनिकीबाट टाढा छन् । कसैलाई त आफ्ना बाबुआमा कहाँ छन् भन्ने पनि थाहा छैन । बाढीपछि नुवाकोट, रसुवा र धादिङका विभिन्न स्थानमा बनाइएका ३० वटा होल्डिङ सेन्टर तथा अस्थायी...
२ असोज काठमाडौं । सन् १९९७ मा कार दुर्घटनामा दिवंगत भएकी राजकुमारी डायनाका भाइले राजा चार्ल्स तृतीयले उनकी बहिनीको निधनपछि निर्दयी व्यवहार गरेको आरोप लगाएपछि बेलायती राजदरबार बकिंघम प्यालेसले त्यसको खण्डन गरेको छ ।डायनाका भाइ अर्ल चार्ल्स स्पेन्सरले राजामाथि लगाएका विभिन्न आरोपमध्ये यो पछिल्लो आरोप हो । यो विवादले बिहीबार राजा चार्ल्सको एउटा सार्वजनिक कार्यक्रमलाई...
२ असोज काठमाडौं । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आजदेखि ५० रुपैयाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याउने भएको छ । केन्द्रीय बैंकले आज सूचना जारी गर्दै साविककै आकार तथा रङमा नयाँ नोट जारी गर्न लागिएको जनाएको छ । नोटमा राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत छ ।राष्ट्र बैंकले ‘नोट राष्ट्रको सम्पत्ति हो, यसको जतन गरौँ’ भन्ने सन्देशसहित...
१ असोज काठमाडौं । नेपाल क्रिकेट संघ क्यान र बंगलादेश क्रिकेट बोर्ड बीसीबी को सहकार्यमा नेपाल र बंगलादेशबीच टी २० आई क्रिकेट शृंखला हुने भएको छ । उक्त खेल कीर्तिपुर क्रिकेट रंगशालामा हुनेछ ।खेल आगामी वर्ष २०२७ को मार्च २६, २८ र ३० तारिखमा हुने नेपाल क्रिकेट संघले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।उक्त शृंखलालाई नेपालमा हालै रसुवामा आएको बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको...
१ असोज काठमाडौँ । कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआराधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन्...
३१ भदौ काठमान्डौ । दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका १० जना स्थानीय तहका जनप्रतिनिधिको पद निर्वाचन आयोगले रिक्त भएको घोषणा गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन तथा नियमावलीअनुसार उनीहरूको पद रिक्त भएको जनाएको हो ।पद रिक्त हुनेमा कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी पनि छन् । गिरी तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित...
३१ भदौ काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ८ बजेसम्म १ हजार ४०३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १९३ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४०१ जनाको शव फेला परेको हो । साथै, २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु...
३१ भदौ, काठमाडौं । सरकारले सुत्केरी बिदाको अवधि बढाउन लागेको छ ।हाल आमालाई ९० दिन रहेको बिदालाई बढाएर ६ महिना पुर्याउन लागिएको हो । हाल बाबुलाई १५ दिन रहेको बिदा बढाएर ४२ दिन पुर्याउन प्रस्ताव गरिएको छ ।कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौत्तमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ संशोधन विधेयक तयार भएको छ । अब मन्त्रिपरिषद्...
३० भदौ काठमाडौं। गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ।चलचित्र विकास बोर्डले सार्वजनिक गरेको भदौ २८ गते आइतबारसम्मको चलचित्र गौथली, पार्वती र तिनीहरु इलेफेन्ट इन द फगको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो।जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ९३ लाख ७४ हजार कमाई गरेको छ। त्यस्तै यस फिल्मले ९ लाख ४० हजार ५६२...