२० कार्तिक २०८३, बिहीबार
२० कार्तिक २०८३, बिहीबार
रसुवा बाढी अपडेट – १०२ बालबालिकाले आमाबुबा गुमाए
रसुवा बाढी अपडेट – १०२ बालबालिकाले आमाबुबा गुमाए
  • न्युज डेस्क

२ असोज काठमाडौं । रसुवाको भोटेकोसी बाढीपछि केहीले घर गुमाए, केहीले अभिभावकको साथ । घर गुमाएकाहरू होल्डिङ सेन्टरमा आश्रय लिन पुगे भने अभिभावक गुमाएकाहरू आफन्तको शरणमा छन् । तर विद्यालय, साथी र आफ्नो नियमित दैनिकीबाट टाढा छन् । कसैलाई त आफ्ना बाबुआमा कहाँ छन् भन्ने पनि थाहा छैन ।

बाढीपछि नुवाकोट, रसुवा र धादिङका विभिन्न स्थानमा बनाइएका ३० वटा होल्डिङ सेन्टर तथा अस्थायी आश्रयस्थलमा एक हजार २३३ बालबालिका आश्रित छन् । राष्ट्रिय बालअधिकार परिषद् र स्थानीय तहबाट संकलित विवरणअनुसार ६३२ बालिका र ६०१ बालक छन् ।यीमध्ये १०२ बालबालिकाले आमाबाबु दुवै गुमाएका छन् । थप ४३९ जना अभिभावकबाट बिछोडिएका छन् । ६९२ बालबालिका भने आमाबाबुसँगै आश्रयस्थलमा छन् । आश्रयस्थलमा रहेका बालबालिकामध्ये २१ जना अपांगता भएका छन् ।संख्या आफैँमा ठूलो छ । तर, यी अंकभित्र बाढीले भत्काएको घरभन्दा गहिरो संकट लुकेको छ । बालबालिका कसको संरक्षणमा छन्, उनीहरू कहाँ छन् विपद्का बेला उद्धार र स्थानान्तरण हतारमा हुन्छ । तर त्यही हतारमा बालबालिकाको पहिचान र पारिवारिक अवस्थाको अभिलेख छुट्दा विपद्पछिको अर्को जोखिम सुरु हुन्छ ।

  • २ आश्विन २०८३, शुक्रबार प्रकाशित
  • Nabintech