२७ भदौं काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो । मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईमाथि ४४ रनको जित हासिल गरेको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो ।
२७ भदौ काठमाडौं – कलाकार तथा निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमरको शल्यक्रिया पश्चात निको भएर काममा फर्किएकी छन् ।बिमारपछि दीपाश्री फिल्म ‘पाँच पाण्डव’को डबिङमा सहभागी हुँदै कलाकारितामा फर्किएकी हुन् । उनले शुक्रबारबाट डबिङको काम थालेकी छन् ।निर्देशक वसन्त निरौलाका अनुसार उनी पूर्णरुपमा स्वस्थ्य भएपछि काममा फर्किएकी हुन् ।
२७ भदौ सल्यान । सल्यानमा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।गम्भीर घाइते रहेका त्रिबेणी गाउँपालिका– ५ का ५० वर्षीय डिल्लीबहादुर वलीको उपचारका क्रममा दाङको घोराहीस्थित स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। बिहान ११.५५ बजे चिकित्सकले वलीलाई मृत घोषणा गरेको जिल्ला प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।दुर्घटनामा...
२७ भदौ दैलेख। दैलेखमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा आठबीस नगरपालिका–६ का ३० वर्षीय भीमबहादुर शाही र आठबीस नगरपालिका–५ का २७ वर्षीय भूपेन्द्र शाही रहेका छन्।‘मेड इन चेकोस्लोभाकिया’ लेखिएको पेस्तोलसहित दुई जना पक्राउ परेका हुन ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा अनुसन्धान भइरहेको...
२७ भदौ काठमाडौं । ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो इस्ट–वेस्ट तेल पाइपलाइन बन्द गरेको छ । बिहीबार भएको ड्रोन आक्रमणमा पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी भएको छ । केही व्यक्ति घाइते भएका छन् ।इरान–अमेरिका युद्धले होर्मुज जलमार्ग बन्द भएपछि साउदी अरबले यही पाइपलाइनमार्फत दैनिक करिब ५० लाख ब्यारेल तेल पठाउँदै आएको थियो । साउदी ऊर्जा मन्त्रालयले शुक्रबार...
२७ भदौ सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।जिल्लाको त्रिवेणी गाउँपालिका–५, सिम्खस्थित भित्री सडकखण्डमा शनिबार बिहान लुम्बिनी प्रदेश ०२–००१ ज ०००५ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी चार जना घाइते भएका छन् ।दुर्घटनामा त्रिवेणी गाउँपालिका–५, सिम्ख बस्ने २४ वर्षीय चालक भुपाल पुनसहित ६ जना घाइते भएका...
२६ भदौ, काठमाडौं । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यसै अवसरमा आज छोराछोरीले परम्पराअनुसार आआफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान...
२५ भदौ काठमाडौं । आगामी असोज २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक भएको छ ।निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिँकिदै गर्दा मंगलबार आधिकारिक ट्रेलर रिलिज गरेको हो ।‘मुभिज डिजिटेनमेन्ट’युट्युब च्यानलमार्फत रिलिज भएको ट्रेलरमा मुख्य पात्र कार्की साइँला जितु नेपालको कथा वरिपरी घुमेको छ । भारी बोक्ने भरियाको काम...
२५ भदौ काठमाडौं । विसंं २०८२ चैत १३ गते गठन भएको वालेन्द्र शाह नेतृत्वको सरकारबाट मन्त्री बाहिरिएकी छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार भदौ २५मा राजीनामा दिएकी छन् ।एलपी ग्यास अभावको व्यवस्थापन गर्न नसकेकी यादवले दिएको अभिव्यक्ति विवादित भएपछि व्यवसायीहरूले आपत्ति जनाएका थिए । उनले ग्यासको अभाव उद्योगी व्यवसायीकै कारण भएको अभिव्यक्ति...
२५ भदौ,काठमान्डो । नेपाल एसीसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले ओमानलाई ८७ रनले हराउँदै फाइनमा स्थान बनाएको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो । उसका लागि जतिन्दर सिंहले २५ तथा जितेन रमानन्दीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।