२० कार्तिक २०८३, बिहीबार
२० कार्तिक २०८३, बिहीबार
दैलेखमा पेस्तोलसहित दुई जना पक्राउ
दैलेखमा पेस्तोलसहित दुई जना पक्राउ
  • न्युज डेस्क

२७ भदौ दैलेख। दैलेखमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा आठबीस नगरपालिका–६ का ३० वर्षीय भीमबहादुर शाही र आठबीस नगरपालिका–५ का २७ वर्षीय भूपेन्द्र शाही रहेका छन्।‘मेड इन चेकोस्लोभाकिया’ लेखिएको पेस्तोलसहित दुई जना पक्राउ परेका हुन ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा अनुसन्धान भइरहेको थियो।

सोही क्रममा सोधपुछ गर्दा भूपेन्द्र शाहीले आठबीस नगरपालिका–४, राकम खोलीबजार नजिकैको खोल्सामा स्वचालित हतियार पेस्तोल लुकाएर राखेको बताएका थिए।प्रहरीका अनुसार बरामद पेस्तोलमा ‘मेड इन चेकोस्लोभाकिया’ लेखिएको र १०५०२८ नम्बर उल्लेख छ। पेस्तोलसँगै एक थान म्यागजिन र त्यसमा प्रयोग हुने पाँच राउन्ड गोली समेत बरामद गरिएको छ।

  • २७ भाद्र २०८३, शनिबार प्रकाशित
  • Nabintech