२१ माघ काठमाडौं । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा आज मनाइँदैछ । विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षर चिनाउनेदेखि विद्यालय भर्ना गर्न आजको दिन शुभ रहने विश्वास गरिन्छ । धार्मिक मान्यताअनुसार आज देवी सरस्वतीको जन्मदिन हो । आजको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या पाउने धार्मिक विश्वास छ । सूर्य उत्तरतर्फ लागेर दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले...
२० माघ विराटनगर । भारतबाट नेपाल ल्याउँदै गरेको मानव कंकालसहित एक जनालाई प्रहरीले पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गरेका विराटनगर १७ का विनोद रायलाई मानव कंकालसहित प्रहरीले पक्राउ गरेको हो ।सीमामा खटेका सशस्त्र प्रहरीको टोलीले ३७ वर्षीय रायको साथबाट मानव खप्पर ३८ थान र नली खुट्टाको हड्डी १० थान बरामद गरेको हो ।
२० माघ म्याग्दी । प्रहरीले म्याग्दीका जिसस प्रमुखलाई पक्राउ गरेका छ । जिसस प्रमुख राजकुमार थापालाई सहकारी ठगी मुद्धामा पक्राउ गरेको जनाएको छ । थापा माथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ । गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको रिपोर्ट प्रहरीले बुझाइएको थियो ।
१९ माघ अछाम । अछाममा केहि दिन पहिले २ जना किशोरीको हत्या शारीरिक सम्पर्क गर्न नदिएका कारण भएको प्रहरीले दावी गरेको छ । अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको बाख्रा चराउन गएका बेला हत्या भएको थियो । अछाम प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरणमा दुई किशोरीको हत्या गरिनुको मुख्य दुई वटा कारण खुलाइएको छ । जसमा मायाको...
१६ माघ काठमान्डौ । अस्ट्रेलियन क्रिकेटर स्टिभ स्मिथले टेस्ट क्रिकेटमा १० हजार रन पूरा गरेका छन् । श्रीलंकासँग बुधबारदेखि सुरू भएको पहिलो टेस्ट खेल्दै गर्दा उनले टेस्ट करियरमा १० हजार रन पूरा गरेका हुन् । उनी १० हजार रन पूरा गर्ने समग्रमा १५औं ब्याटर हुन् भने यो उपलब्धि हासिल गर्ने चौथो अस्ट्रेलियन खेलाडी हुन् । यसअघि रिकी पोन्टिङ, एलन बोर्डर र स्टिभ वहले अस्ट्रेलियाका...
१६ माघ सल्यान । सल्यानमा खोला डुबेर एक जनाको मृत्यु भएको छ।सल्यानको दार्मा गाउँपालिका–३ बाझठानाका २५ वर्षीय काले पाण्डेको स्थानीय दार्मा खोलामा डुबेर मृत्यु भएको छ।जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतले खोलामा लुगा धुन गएका पाण्डेको बुधबार दिउँसो १ बजेतिर डुबेर मृत्यु भएको जानकारी दिनु भयो । लुगा धुँदै गर्दा एक्कासी लडेर खोलामा डुब्न पुग्दा...
१६ माघ बर्दिया । बाँकेको कोहलपुर नगरपालिकामा घाँस काट्न जङ्गलमा गएका एक किशोरको आज करेन्ट लागेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १२ का १४ वर्षीय सन्दीप अर्यालको घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनु भयो । कोहलपुर नगरपालिका–१२ स्थित रक्षा मध्यवर्ती सामुदायिक वनमा...
जाजरकाेट । जाजरकोटका १५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका १५ हजार किशोरीलाई लक्षित गर्दै खोप अभियान सञ्चालन हुने भएको हो । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका अनुसार जिल्लाका सात पालिकाका २६६ खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने छ । देशव्यापी रुपमा सञ्चालन हुने यो...
१३ माघ कैलाली । लागूऔषधसहित धनगढी्बाट ४ जना पक्राउ परेका छन । पक्राउ परेका मध्ये २ युवक र २ जना युवती रहेको प्रहरीले जनाएको छ ।धनगढी उपमहानगरपालिका–१९ लल्लीपुरमा सोही ठाँउ बस्ने २२ वर्षीय बिष्णु रावलसहित दुई जना युवक पक्राउ परेका हुन्। यस्तै धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सार व्यारेल नजिकबाट सोही ठाँउ बस्ने २४ वर्षीया ललिता रानाले चलाएको से।६ प।६०५४ नम्बरको...
जाजरकोट । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन, जाजरकोट अध्यक्षमा निराजन बिसी चयन भएका छन् । सनिबार सम्पन्न ११ औं जिल्ला अधिवेशनले बिसीलाइ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । सम्पन्न जिल्ला अबिधेशनले बिसीको अध्यक्षतामा १९ सदस्य जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ । अबिधेशनले उपाध्यक्षमा चन्द्र बहादुर भारती, महिला उपाध्यक्षमा लक्ष्मी रोकाय...