
२० भदौ काठमाडौं । चलचित्र ‘गौंथली’ले आज प्रदर्शनको ५१ औं दिन मनाएको छ । यो वर्षको हालसम्मको सर्वाधिक धेरै कमाउने सिनेमामा दर्ज भएको ‘गौँथली’ले काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर तीन दर्जनभन्दा धेरै हलमा ५१ औं दिन माउन सफल भएको हो ।
अधिकांश सिनेमालाई एक हप्ता पनि हलमा टिक्न कठिन भइरहेको समयमा यो चलचित्र भने नेपाली सिनेमा उद्योगकै दोस्रो धेरै कमाउने चलचित्र बन्दै ५१ औं दिनसम्म पुगेको हो ।‘पूर्ण बहादुरको सारङ्गी’पछि यो सिनेमा नेपाली सिनेमा उद्योगमा सबैभन्दा धेरै कमाउने दोस्रो चलचित्र बनिसकेको छ ।डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिना लगायत कलाकारको अभिनय रहेको छ ।