११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार
नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग
नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग
  • न्युज डेस्क

८ पुस बाँके । नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विस्तार गर्न माग गरिएको छ । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास एवं विस्तार गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

समाजका संयोजक पदम अर्यालले मुलुकको पश्चिम क्षेत्रस्थित व्यापारिक केन्दमा रहेको राँझा विमानस्थलमा टर्मिनल भवनलगायतका पूर्वाधार निर्माण भइसकेकाले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग गर्नु भयो ।संयोजक अर्यालले विशेषगरी नेपाल हुँदै मानसरोवर यात्रामा जाने तथा रारा, फोक्सुन्डोताललगायत यस क्षेत्रका पर्यटकीय स्थलमा घुम्न चाहने भारतीय पर्यटकलाई लक्षित गरी राँझालाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा विकास एवं विस्तार गर्न अनुरोध गर्नु भयो ।राँझा–बाँके समाजले विमानस्थललाई आधुनिकीकरण गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालन गर्न माग गरेको हो ।

  • ८ पुष २०८२, मंगलवार प्रकाशित
  • Nabintech