२३ फागुन काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको लहर चलेको छ। शनिबार बिहान १२ बजेसम्म रास्वपाले ३४ क्षेत्रमा जित निकाल्दा ८५ जनाले अग्रता कायम गरेका छन्।त्यसैगरी नेपाली कांग्रेस ५ क्षेत्रमा विजयी भएको छ भने नेपाली कम्युनिस्ट पार्टी नेकपा दुई क्षेत्रमा विजयी भएको छ। कांग्रेसको अग्रता १० ठाउँमा देखिन्छ भने ९ ठाउँमा...
जाजरकोट । जाजरकोट जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न मतदानमा कुल ५७.५८ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा रहेका १ लाख ७ हजार ९१ मतदातामध्ये ६१ हजार ६६७ मत खसेको हो। खसेको मतमध्ये ३१ हजार ६८४ महिला, २९ हजार ९८१ पुरुष र २ जना अन्य मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्। जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण...
२० फागुन काठमान्डौं । मध्यपूर्वमा बढ्दो राजनीतिक तनाव र सुरक्षा खतराका कारण सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले साउदी अरब छाडेका छन्।साउदीको राजधानी रियादस्थित अमेरिकी दूतावासमा इरानी ड्रोनहरूले आक्रमण गरेपछि पोर्चुगिज स्ट्राइकर रोनाल्डो आफ्नो निजी विमान चढेर राति नै स्पेनको मड्रिडगएका हुन्। अमेरिका र इरानबीचको द्वन्द्व चर्किएपछि रियादमा इरानी...
जाजरकोट । भेरी नगरपालिका–४ स्थित शान्तिचौतारामा गएराति भएको भीषण आगलागीबाट तिन वटा व्यवसाय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। आगलागीका कारण सौरव एण्ड गौरव सप्लायर्स तथा न्यु सिदार्थ गेस्ट हाउस पूर्ण रूपमा जलेर नष्ट भएको जनाइएको छ । आगलागीबाट ठूलो आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनापछि जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष रमेश केसीको नेतृत्वमा...
जाजरकोट । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल नलगाड नगरपालिका जाजरकोटले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक निकायको तटस्थता, पारदर्शिता र निष्पक्षता कायम गर्न माग गर्दै नलगाड नगरपालिकाको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ। नलगाड तरुण दलका अध्यक्ष सुजल रावलद्वारा हस्ताक्षरित पत्रमा निर्वाचन अवधिमा आचारसंहिता...
९ फागुन बाँके । नेपालगन्जको एक मार्टमा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।शुक्रवार बेलुकी साढे ७ बजे नेपालगन्ज उपमहानगरपालिका १२ स्थित वेस्टर्न मार्टमा आगलागी भएको थियो । आगो लागेपछि नेपाली सेनाको बज्रदल गण घटनास्थलमा खटिएको थियो। उक्त गणको टोलीले प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय निकायसँग सहकार्य गरी राति साढे ९ बजे आगो नियन्त्रणमा लिएको हो। क्षतिको...
जाजरकोट । जाजरकोटमा प्रतिनिधिसभा निर्वाचनको माहोल तातेका बेला अघिल्लो निर्वाचनको समानुपातिक मत परिणामले यसपटकको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटमा प्रत्यक्षतर्फ शक्ति बस्नेत विजयी भए पनि समानुपातिक मततर्फ भने मत विभाजन स्पष्ट देखिएको थियो। समानुपातिकतर्फ नेकपाले करिब १४ हजारभन्दा बढी मत प्राप्त गर्दा नेपाली...
८ फागुन दाङ । जिल्ला प्रहरी कार्यालय दाङले झण्डा जलाएको घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ।बिहीबार राति करिब ९ः३० बजे दाङको तुलसीपुर उप–महानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा आयोजित कार्यक्रममा केही अपरिचित व्यक्तिहरूले नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।घटनाको अनुसन्धानका क्रममा तुलसीपुर उप–महानगरपालिका–७...
८ फागुन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा स्थगित गरेको छ।पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्न तय भएको सभा विशेष कारणले हालका लागि स्थगित गरिएको सहप्रवक्ता प्रतिभा रावलले बताउनु भयो ।हिजो दाङमा एमालेको झन्डा जलाएपछि द्वन्द्व निम्तिनसक्ने देखिएकाले रास्वपाले तत्काललाई सभा स्थगित...