१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार
उद्योग बाणिज्य संघका अध्यक्ष केसीको नेतृत्वमा पिडितलाई आर्थिक सहयोग साथै सहयोगकाे लागि अपिल
उद्योग बाणिज्य संघका अध्यक्ष केसीको नेतृत्वमा पिडितलाई आर्थिक सहयोग साथै सहयोगकाे लागि अपिल
  • paschimpatra

जाजरकोट । भेरी नगरपालिका–४ स्थित शान्तिचौतारामा गएराति भएको भीषण आगलागीबाट तिन वटा व्यवसाय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

आगलागीका कारण सौरव एण्ड गौरव सप्लायर्स तथा न्यु सिदार्थ गेस्ट हाउस पूर्ण रूपमा जलेर नष्ट भएको जनाइएको छ । आगलागीबाट ठूलो आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनापछि जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष रमेश केसीको नेतृत्वमा केसीले २१ हजार १ सय ५५ साथै  संघका पदाधिकारीहरू बलबहादुर मल्लले १० हजार १ सय ५ , नरेन्द्र विक्रम शाहीले १० हजार १ सय ५ , पूर्णबहादुर कार्कीले ५ हजार र युवराज शर्माले ५०० गरि पीडित परिवारलाई तत्काल राहतस्वरूप ५१ हजार ३६५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

यसैबीच, संघले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण उद्योगी, व्यवसायी, व्यक्ति तथा संघ–संस्थालाई पीडित व्यवसायीलाई मानवीय तथा आर्थिक सहयोग गर्न आग्रह गरेको छ । आगलागीबाट व्यवसाय पूर्ण रूपमा नष्ट हुँदा पीडित परिवार गम्भीर समस्यामा परेको भन्दै पुनःस्थापनाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको संघले जनाएको छ ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको र क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको बताइएको छ ।

  • १३ फाल्गुन २०८२, बुधबार प्रकाशित
  • Nabintech