१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार
एमालेको झण्डा जलाउने एक व्यक्ति पक्राउ
एमालेको झण्डा जलाउने एक व्यक्ति पक्राउ
  • न्युज डेस्क

८ फागुन दाङ । जिल्ला प्रहरी कार्यालय दाङले झण्डा जलाएको घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ।बिहीबार राति करिब ९ः३० बजे दाङको तुलसीपुर उप–महानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा आयोजित कार्यक्रममा केही अपरिचित व्यक्तिहरूले नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।घटनाको अनुसन्धानका क्रममा तुलसीपुर उप–महानगरपालिका–७ कालाखोला निवासी वर्ष ५५ का बुद्धि बहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

उनलाई दाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ। साथै समाजमा शान्ति–सुरक्षा र सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नगर्न तथा सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ।

 

  • ८ फाल्गुन २०८२, शुक्रबार प्रकाशित
  • Nabintech