२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
क्रिस्टियानो रोनाल्डोले साउदी अरब छाडे
क्रिस्टियानो रोनाल्डोले साउदी अरब छाडे
  • न्युज डेस्क

२० फागुन काठमान्डौं । मध्यपूर्वमा बढ्दो राजनीतिक तनाव र सुरक्षा खतराका कारण सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले साउदी अरब छाडेका छन्।साउदीको राजधानी रियादस्थित अमेरिकी दूतावासमा इरानी ड्रोनहरूले आक्रमण गरेपछि पोर्चुगिज स्ट्राइकर रोनाल्डो आफ्नो निजी विमान चढेर राति नै स्पेनको मड्रिडगएका हुन्।

अमेरिका र इरानबीचको द्वन्द्व चर्किएपछि रियादमा इरानी बम र ड्रोन प्रहार भएको छ। यस असुरक्षित वातावरणका कारण धेरै विदेशी नागरिकहरूले साउदी अरब छाडिरहेका छन्। रोनाल्डोले पनि सरकारी सल्लाह र आफ्नो सुरक्षालाई ध्यानमा राख्दै मड्रिडजाने निर्णय गरेका हुन्। ४१ वर्षीय रोनाल्डो हाल साउदी क्लब अल नासरमा आबद्ध छन्।

  • २० फाल्गुन २०८२, बुधबार प्रकाशित
  • Nabintech