१९ कात्तिक बाँके । बाँकेमा झाडा पखालाबाट एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना विरामी भएका छन । बाँकेको खजुरा गाउँपालिका ५ बसन्तपुरमा एकै घरका ६ जनालाई झाडावान्ता भएको थियो । १८ गते बेलुकी भएको झाडावान्ताका कारण ६५ वर्षिय केशवराम अहिरको मृत्यु भएको खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुशिल थापामगरले जानकारी दिनु भयो । उहाका अनुसार विरामी अन्य ५ जनाको स्वास्थ्य...
१९ कात्तिक काठमाडौं । भारतको उत्तराखण्डस्थित अल्मोडाको मार्चुलामा सोमबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । कुमाऊका आयुक्त दीपक रावतका अनुसार, बस नियन्त्रणबाहिर गएर खाल्डोमा खसी दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बस दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेलाई स्थानीय अस्पतालमा पठाइएको छ । रामनगर जाँदै गरेको बस साल्टनजिकै कोपी भन्ने ठाउँमा दुर्घटना...
१७ कात्तिक काठमान्डौ । यस वर्ष तिहारमा भाइ मसलाको मूल्य करिव ३० प्रतिशतले वृद्धि भएको छ ।काठमाडौंको असनमा वर्षौंदेखि भाइमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गत वर्ष भन्दा यस वर्ष भाइ मसलाको मूल्य बढेको बताएका हुन् । भाइ मसलाको पुस्तौनी व्यापार गर्दै आएका स्थानीय व्यापारी सजीव बज्राचार्यले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले...
१७ कात्तिक काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत...
१६ कात्तिक काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व नपरेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको...
१५ कात्तिक काठमाडौं । सुन तस्करीमा दोषी ठहर भएर जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा भएका छन् । अदालतले तोकेको १४ महिना सजाय भुक्तान गरेर उनी १३ कात्तिकमा छुटेका हुन् ।२०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट ‘भेप’ मार्फत लुकाएर सुन तस्करी गर्ने समूहका वाङ्ग दाओजिनसँग महराका बाबुछोराको बारम्बार फोन सम्पर्क भएको देखिएको थियो । राहुललाई...
१५ कात्तिक काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नु भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कन्जुस्याइँ...
१५ कात्तिक बाँके। नेपालगन्ज उपमहानगरपालिका डेंगी रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ । बाँकेमा हालसम्म डेंगी सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क क्षेत्रबाट डेंगी तथा कीटजन्य...
१५ कात्तिक, काठमाडौं । स्पेनमा आएको बाढीमा परी ९५ जनाको मृत्यु भएको छ । कयौं व्यक्तिहरु बेपत्ता छन् । मंगलबार स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र त्यस आसपासका क्षेत्रमा भएको मुसलधारे वर्षापछि बाढीपहिरो आएको थियो । भारी वर्षाका कारण पुल, भवन लगायतका भौतिक संरचनामा क्षति पुगेको छ । बस्तीहरु डुबानमा परेपछि मानिसहरु ज्यान जोगाउन घरका छत र रुखमा चढेका थिए ।
१५ कात्तिक काठमान्डौ । यमपञ्चक तिहार तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी मानिने लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने धार्मिक मान्यता छ।यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण...