२४ साउन काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ।जर्जको अर्जेन्टिनाको रोसारियोस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए।जर्ज मेसी लियोनल मेसीको फुटबल करियरका सुरुवाती दिनदेखि नै महत्वपूर्ण अभिभावक र सल्लाहकारका रूपमा रहेका थिए।
२३ साउन काठमान्डौं । थाइल्यान्डको राजधानी बैंककमा १४ वर्षीय एक किशोरले गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ । गोली लागेर २२ जना घाइते भएका छन् ।सुरुमा आफू बस्दै आएको घरमा हजुरबुबा र हजुरआमाको हत्या गरेका उनी पछि देब्सिरिन नामको विद्यालयमा पुगेर गोली चलाएका थिए ।विद्यालयमा उनले चलाएको गोली लागेर पाँच शिक्षकको ज्यान गएको थियो । गोली लागेर घाइते भएका एक विद्यार्थीको...
२३ साउन सल्यान । सल्यानमा गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिकार खेल्ने क्रममा भरुबा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ।कालीमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शुक्रबार सिकार खेल्ने क्रममा सोही गाउँपालिका २ बराहडुंगाका करिब ६२ वर्षीय टोपबहादुर पुनमगरको मृत्यु भएको हो । कालीमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर...
२३ साउन जाजरकोट । झारफुकको नाममा जाजरकोटमा बालिकामाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् जाजरकोटको बारेकोट गाउँपालिका ६ धुमाका ५९ वर्षीय हिरालाल चलाउने पक्राउ परेका हुन्।उक्त घटना असार ५ गतेको रहेको पनि प्रहरीले जनाएको छ। भिडिओ भाइरल भएपछि प्रहरीले सोही आधारमा साउन २१ गते उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो।उनले झारफुकका नाममा १४ वर्षीया बालकामाथि...
२२ साउन बाँके । बाँकेको नेपालगञ्जमा रहेको कर्णाली विकास बैंकका तत्कालिन कार्यकारी अधिकृत सहित तिन जनालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।यो बैंक समस्याग्रस्त घोषणा भएसँगै नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहका तर्फबाट जुगलकुशल कुशबहाले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालि...
२२ साउन काठमाडौं । ककरोच जनता पार्टी सीजेपीले राष्ट्रिय कार्यसमिति घोषणा गर्दै देशभर संगठन विस्तारको रोडम्याप सार्वजनिक गरेको छ । पार्टीले प्रारम्भिक राष्ट्रिय नेतृत्वलाई औपचारिक रूपमा अनुमोदन गरेको छ ।पार्टीका संस्थापक अभिजित दीपकेलाई राष्ट्रिय संयोजक नियुक्त गरिएको छ । त्यसैगरी आशुतोष रांका र सौरव दास लाई सह–संयोजकको जिम्मेवारी दिइएको छ । सीजेपीले बिहीबार...
जाजरकोट । पाँचतारा युवा संरक्षक मञ्चले जाजरकोट जिल्लाका विभिन्न स्थानीय तह तथा जिल्ला प्रहरी कार्यालयलाई करिब २१ लाख ३९ हजार रुपैयाँ बराबरका विपद् उद्धार तथा राहत सामग्री हस्तान्तरण गरेको छ। संस्थाका अनुसार कुल २१ लाख ३९ हजार १ सय ४१ रुपैयाँ बराबरका विपद् जोखिम न्यूनीकरण तथा उद्धार सामग्री विभिन्न निकायलाई उपलब्ध गराइएको हो। सामग्रीमा हेल्मेट, बाल्टी, बेल्चा,...
२२ साउन, रुकुम पश्चिम । मोटरसाइकल र भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएको प्रहरीले जनाएको छ । विहिवार बेलुकी पख जिल्ला कारागारबाट कैदीलाई लिएर गएको बा- प्र-०३००१ च ३९५६ नम्बरको भ्यान र विपरीत दिशाबाट आउँदै गरेको क-प्र- ०३–००१ प ०७६८ नम्बरको मोटरसाइकल मुसिकोट नगरपालिका–८ तावलेमा एकआपसमा ठोक्किएका थिए ।दुर्घटनामा मोटरसाइकल चालक आठबिसकोट...
२१ साउन काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले निजी लगानीकर्ताहरूलाई प्रतियोगिताहरूको स्वामित्वको हिस्सा बिक्री गर्ने विवादास्पद योजनाहरूमा आफूले गरेका त्रुटिहरूका लागि माफी मागेका छन् । तर, मोरक्कोमा भएको बैठकमा वरिष्ठ अधिकारीहरूको समर्थन प्राप्त गरेपछि उनी फिफाको अध्यक्ष पदमा भने अब कायम नै रहने छन् ।आफ्ना रद्द गरिएका प्रस्तावहरूमाथि बढ्दो आलोचनापछि...
२१ साउन, काठमाडौं । प्रलोपा पार्टी फुटेको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा, पूर्वरास्वपाका नेता सन्तोष परियारलगायतले स्थापना गरेका प्रगतिशील लोकतान्त्रिक पार्टी विभाजित भएको छ ।धेरै नेताहरु पार्टीबाट अलग भइसकेपछि बाँकी रहेका नेताहरु पनि छट्टिएका हुन् । हाल अध्यक्ष परिषद्मा रहेका दुर्गा सोब र सन्तोष परियार पनि छुट्टिने...