१६ असोज ताप्लेजुङ । विगत ११ महिनादेखि हङकङमा रहेका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिनुभएको छ । वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उनले यही असोज १८ गतेदेखि लागू हुनेगरी राजीनामा दिनुभएको हो । विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उनले जनताको सेवा...
१६ असोज काठमाडौं । इरानले इजरायलमाथि रकेट आक्रमण गरेको छ । इजरायली सेनाले इरानबाट प्रहार भइरहेका क्षेप्यास्त्रहरूलाई पहिचान गरी नष्ट गर्ने प्रयास गरिरहेको बताएको छ । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली नागरिकलाई सतर्क रहन र सुरक्षात्मक कदम चाल्न आग्रह गरेका छन् ।इजरायली सेनाले इजरायलीहरूलाई सतर्क रहन र होम फ्रन्ट कमाण्डको निर्देशनहरू पालना...
१६ असोज कास्की । सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा गुल्मी मुसिकोट घर भइ ललितपुर बस्ने ३२ वर्षीया लिला पछाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरी स्रोतकाअनुसार लिला गितेन्द्र बाबु राई जीबी को एक कम्पनीको...
१५ असोज काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कार्यकर्तामाझबाट सरकारलाई लल्कारेका छन् । उनले आजबाट आफू राजनीतिमा उत्रिएको घोषणासमेत गरे । अदालतले छोडेलगत्तै कार्यकर्ताहरुले प्रसाईंलाई स्वागत अभिनन्दन गरेका थिए । प्रसाईंले पनि पुरानै शैलीमा भाषण गर्दै कार्यकर्तालाई उकासे । आफूलाई सिध्याउन महिला अघि सारिएको,...
१५ असोज काठमान्डौ । बलिउड अभिनेता मिथुन चक्रवर्तीले दादा साहेब फाल्के अवार्ड पाउने भएका छन्। युनियन मिनिस्टर अश्विनी वैष्णवले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। ुमिथुन दाको शानदार फिल्मी यात्राले थुप्रै पुस्तालाई सम्मानित गर्नेछ। यो घोषणा गर्न पाउँदा मलाई गर्व महसुस भइरहेको छ। भारतीय सिनेमामा उनको विशिष्ट योगदानका लागि पुरस्कार दिने निर्णय लिइएको...
१५ असोज काठमाडौं । भारतीय अभिनेता गोविन्दालाई गोली लागेको छ । तिघ्रामा गोली लागेपछि उनलाई अस्पताल भर्ना गरिएको छ । आज आफ्नो निवासबाट विमानस्थल प्रस्थान गर्न लाग्दा गोविन्दाको बन्दुक पड्केको थियो । यो जानाजान नभएर दुर्घटनावस भएको दाबी गरिएको छ । गोविन्दा एउटा शोका लागि कोलकत्ता जान लाग्दै थिए ।गोविन्दाकी म्यानेजर शशी सिन्हाले भनेकी छन्, ‘उहाँको लाइसेन्सहितको...
१५ असोज काठमाडौं । सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । बाढीपहिरोले ठूलो जनधनको क्षति भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गरेको हो । सोमबार साँझ बालुवाटरमा बसेको मन्त्रिपरिषद्को बैठकले मृतकहरूको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो ।उनका अनुसार, आगामी तीन दिन आज भोली र पर्सि राष्ट्रिय झन्डा...
१५ असोज कैलाली । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका १ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६ प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल ठोक्किंदा दुवैका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी...
१४ असोज जाजरकोट । रोल्पाका एक व्यक्तिको गाडीको सिटमा बसिरहेकै अवस्थामा मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको रुन्डीगढी गाउँपालिका ५, का पूर्णबहादुर घर्ती रहेको बताइएको छ । जाजरकोटको छेडागाड नगरपालिकाको थलह भन्ने ठाउँबाट घरतर्फ जाँदै गरेका उनको जाजरकोट–छिन्छु सडक खण्ड अन्तर्गत सल्यानको धारापानीमा मृत्यु भएको हो ।गाडीमा सवार अन्य यात्रुका अनुसार उनी जाजरकोटमा...
१४ असोज काठमाडौं । सरकारले विपद्मा परी बेपत्ता भएका व्यक्ति १० दिनभित्र फेला नपरे परिवारलाई मृतकसरह राहत दिने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको सोमबार बिहान बसेको बैठकबाट गएको असार ३१ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार बेपत्ता व्यक्तिका परिवारलाई राहत प्रदान गर्ने निर्णय गरिएको हो ।विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत...