६ माघ काठमान्डौ । अन्तत वामदेव गौतम नेकपा एमालेमै रहने भएका छन । उनका पछि लागेकाहरु भने नेकपा माओवादीमा जाने भएको बताइएको छ ।आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने र बाँकी केही सदस्य माओवादी केन्द्रमा जाने गौतमको भनाई छ । आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार निवासमा भेटेका गौतमले अब आफू एमालेमै फर्किने...
६ माघ विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।तथा नेपाली काँग्रेस कोशी प्रदेशका सभापति एंव नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका थापामाथि हातपात गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर...
६ माघ रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।जिल्लाको चौरजहारी नगरपालिका –१ लामिछाने गाउँ निवासी ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आइतवार बिहान दुर्घटनामा परेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार चौरजहारी बजारबाट घरतर्फ जाने क्रममा लामिछानेले चलाएको...
६ माघ काठमाडौं । बलिउड अभिनेता सैफ अली खानलाई छुरा प्रहार गर्ने व्यक्ति बंगलादेशी नागरिक हुनसक्ने मुम्बई प्रहरीले जनाएको छ । सैफमाथि भएको आक्रमणबारे मुम्बई पुलिसले आज बिहान पत्रकार सम्मेलन गर्दै आरोपीबारे जानकारी दिएको हो ।पत्रकार सम्मेलनमा जोन–९ का डीसीपी गेदाम दीक्षितले भने, “अभियुक्त बंगलादेशी भएको आशंका गरिएको छ । उनीसँग भारतीय कागजात छैन ।” पक्राउ पर्ने...
६ माघ, कैलाली । नेकपा एमाले कैलालीले जनालाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ ।पार्टीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो । एमाले कैलालीका उपसचिव तथा प्रचार विभाग प्रमुख चुडामणि भट्टले जिल्ला कमिटीका...
५ माघ काठमान्डौ । जिल्ला अदालत काठमाडौंको परिसर बाहिर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका(५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी रहेको परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।उनीसहितका...
५ पुस रुकुम पश्चिम । रुकुम पश्चिममा रुखले त्यापियर एक जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिकामा रूखले च्यापेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। घर निर्माणमा प्रयोग हुने रुख काट्न गएका बेला रुखले च्यापेर आठबिसकोट–१० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।सोही वडाका ३५ वर्षीय प्रेमराज कुसारी घाइते भएका बताउँदै घाइतेको...
४ माघ काठमान्डौ । ९ महिनामा विपद्का घटनाबाट परी ६७९ जनाको मृत्यु भएको छ भने ६६ बेपत्ता भएका छन । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार बितेको नौ महिनामा ६ हजार ४२४ वटा विपद्का घटना रेकर्ड भएका थिए ।जसमा ६७९ जनाको ज्यान गएको थियो भने अझै ६६ जना वेपत्ता रहेका छन साथै सो अवधिमा ४९ अर्बको क्षति समेत भएको छ । २०८१ वैशाख १ गतेदेखि...
३ माघ प्यूठान । प्युठानमा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्लाको सरुमारानी गाउँपालिका २ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको हो ।सालनालसमेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको हो प्रहरीले जनाएको छ । स्थानीयवासीले फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
३ पुस काठमान्डौ । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ।बार एसोसिएसनका अध्यक्ष रामचन्द्र पौडेल र सचिव उज्वल राम श्रेष्ठले बुधबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कारबाहीको माग गर्नु भएको छ ।काठमाडौं जिल्ला अदालतमा चलिरहेको संगठित रूपमा ठगि गरेको मुद्दामा थुनछेक बहस गरी अदालतबाट...