२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
कर्णाली विकास बैंकका कार्यकारी अधिकृत सहित ३ जना पक्राउ
कर्णाली विकास बैंकका कार्यकारी अधिकृत सहित ३ जना पक्राउ
  • न्युज डेस्क

२२ साउन बाँके । बाँकेको नेपालगञ्जमा रहेको कर्णाली विकास बैंकका तत्कालिन कार्यकारी अधिकृत सहित तिन जनालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।यो बैंक समस्याग्रस्त घोषणा भएसँगै नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहका तर्फबाट जुगलकुशल कुशबहाले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालि १२ का ४२ वर्षीय निरज विक्रम शाह, ३९ वर्षीया दीपा थापा र ४३ वर्षीया शुभेच्छा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक प्रतितसिंह राठौरले  जानकारी दिनु भयो ।पक्राउ परेकामध्ये शाह तत्कालीन कर्णाली विकास बैंकका कार्यकारी अधिकृत हुन्।

  • २२ श्रावण २०८३, शुक्रबार प्रकाशित
  • Nabintech