
१७ साउन दाङ । दाङमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएको छ । जिल्लाको राप्ती गाउँपालिका– ४ गोपीनालास्थित पूर्व–पश्चिम राजमार्गमा कार दुर्घटना भएको हो ।भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी ४४ एएस ८१२४ नम्बरको कार चालकको नियन्त्रण गुमाउँदा सडकबाट करिब पाँच फिट तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेहरूमा भारतको सिद्धार्थ नगरपालिका–६ बस्ने २५ वर्षीय रवि महमद, ३४ वर्षीया फराह शेख, ६ वर्षीया रिफा शेख र ३२ वर्षीय सनी कुमार रहेको प्रहरीले जनाएको छ ।