
१६ साउन काठमान्डौं । अमेरिका इरानसँगको द्वन्द्वमा रणनीतिक ‘गतिरोध’मा पुगेको एक पूर्व अमेरिकी कंग्रेस विश्लेषकले बताएका छन्।सुफान सेन्टरका फेलो तथा अमेरिकी कंग्रेसका पूर्व विश्लेषक केनेथ काट्जम्यानका अनुसार अमेरिकासामु अब दुई विकल्प मात्र देखिएका छन्—इरानविरुद्धको सैन्य अभियान थप तीव्र पार्ने वा स्ट्रेट अफ होर्मुजमाथि इरानको नियन्त्रण रोक्न नसकिने अवस्था स्वीकार गर्ने।यसैबिच यमनको हुथी समूहले बाब अल(मन्देब जलडमरूमध्य हुँदै जाने व्यावसायिक पानीजहाजबाट शुल्क लिने योजना बनाएको भन्ने समाचार अस्वीकार गरेको छ। हुथी समूहअन्तर्गतको मानवीय सञ्चालन समन्वय केन्द्रले जलडमरूमध्यबाट हुने पारवहन निःशुल्क रहेको जनाएको छ। उसले घोषित प्रतिबन्धको दायराबाहिर रहेका सबै जहाज सुरक्षित रूपमा आवतजावत गर्न सक्ने पनि बताएको छ।
उता साउदी अरबले गाजामा इजरायलको युद्ध पूर्ण रूपमा अन्त्य गर्ने उद्देश्यसहित तयार गरिएको मस्यौदा शान्ति सम्झौताको स्वागत गरेको छ। साउदीले गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने, अन्तर्राष्ट्रिय स्थिरीकरण बल परिचालन गर्नुपर्ने, मानवीय सहायता निरन्तर उपलब्ध गराउनुपर्ने र पुनर्निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिएको छ।