
१६ साउन दाङ। दाङमा फेरी सामुदायिक वनबाट २१ थान भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।दाङका विभिन्न युनिटबाट खटिएका प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारा सामुदायिक वनबाट एक थान भरुवा बन्दुक र छर्रा चार थान, बङ्गलाचुली गाउँपालिका–३ लामपोखरास्थित जनचेतना सामुदायिक वनबाट चार र वडा नं ६ टोट्केलेखस्थित लालीगुँरास सामुदायिक वनबाट आठ थान भरुवा बन्दुक बरामद गरेको हो ।
यस्तै घोराही उपमहानगरपालिका–२ च्याख्ली घाटस्थित राष्ट्रिय वनबाट आठ थान भरुवा बन्दुक बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।