१५ श्रावण २०८३, शुक्रबार
१५ श्रावण २०८३, शुक्रबार
रुकुम पश्चिममा हवाई फायर दुई जना पक्राउ
रुकुम पश्चिममा हवाई फायर दुई जना पक्राउ
  • न्युज डेस्क

१५ साउन रुकुम पश्चिम । रुकुम पश्चिममा प्रहरीले हवाई फायर गरेको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका –०४ छोटेबगरमा करिब तीन किलोग्राम अफिम सहित दुई जनालाई पक्राउ गरिएको छ ।पक्राउ गर्ने क्रममा एक जनाले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीबाट एक राउन्ड हवाई फायर गरिएको थियो ।

प्रहरी टोलीले आठविसकोट नगरपालिका –०३ स्यालाखदी बस्ने २८ वर्षीय टिकाराम बोहरा र आठविसकोट नगरपालिका –०२ स्याला बस्ने २० वर्षीय गणेश वलीलाई सडकछेउमा शंकास्पद अवस्थामा हिँडिरहेको बेला रोकी चेकजाँच गर्न खोजेको थियो ।चेकजाँचका क्रममा टिकाराम बोहराले बोकेको झोलाबाट गणेश वलीले अचानक खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए । त्यसपछि प्रहरी सहायक निरीक्षक निरज बहादुर पालले एक राउन्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएका थिए ।नियन्त्रणपछि गरिएको शरीर तथा झोला खानतलासीका क्रममा करिब तीन किलोग्राम अफिम र दुई थान खुकुरी बरामद गरिएको छ ।

  • १५ श्रावण २०८३, शुक्रबार प्रकाशित
  • Nabintech