
१६ साउन काठमाडौं । सिनेमा ‘लज्जावती’को ट्रेलर सार्वजनिक भएको छ । खिर खाने दिनको अवसरमा निर्माण टिमले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो ।ट्रेलरमा प्रेममा हुने माया, धोका, विछोडपछि जीवनमा आइपर्ने संघर्ष र उतारचढाव प्रस्तुत गरिएको छ ।
जसलाई निर्देशकले दुई प्रेमिल जोडीको प्रेमकथामार्फत देखाएका छन् ।सिनेमामा मुकुन भुसाल र जानुका विश्वकर्मा एक जोडीका रूपमा देखाइएको छ भने श्रीकृष्ण निरौला र मेनुका माझी अर्को प्रेमिल जोडीका रूपमा प्रस्तुत भएका छन् । कथा यिनै पात्रहरूको जीवन वरिपरि घुमेको छ ।