१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
समानुपातिक मतगणना : प्रतिनिधिसभातर्फ एक करोड मत गन्दा कुन दलको अवस्था कस्तो ?
समानुपातिक मतगणना : प्रतिनिधिसभातर्फ एक करोड मत गन्दा कुन दलको अवस्था कस्तो ?
  • paschimpatra

काठमाण्डाै । गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभातर्फ समानुपातिकको कुल १ कराेड ८ हजार ३ सय २ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ ।

एमालेले २६ लाख ९६ हजार ५७५ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ५३ हजार ९४ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र) ११ लाख ४३ हजार ८९४ मतका साथ तेस्रो स्थानमा रहेको छ ।

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार २७५ मत प्राप्त​ गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार ६५४ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८९ हजार १९७ मत र जनमत पार्टी ३ लाख ४९ हजार ३५२ मत ल्याएर राष्ट्रिय पार्टी बन्न सफल भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ लाख ८२ हजार २६२ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ५० हजार २५९ मत ल्याएका छन् ।

  • १४ मंसिर २०७९, बुधबार प्रकाशित
  • Nabintech