२१ कार्तिक २०८३, शुक्रबार
२१ कार्तिक २०८३, शुक्रबार
बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते
बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते
  • न्युज डेस्क

७ चैत बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गएराति बैतडीको पाटन नगरपालिका–८ झ्याउलेक मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेमा चालक पाटन नगरपालिका–८ का ३६ वर्षीय कृष्ण विष्ट, सोही ठाउँका २५ वर्षीया निर्मला विष्ट, निर्मलाका सात वर्षीय छोरा अभिषेक र चार वर्षीय छोरा प्रयान्स रहेको बैतडीका प्रहरी प्रवक्ता सुरज सिंहले जानकारी दिए । घाइते चारै जनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ ।

  • ७ चैत्र २०८२, शनिबार प्रकाशित
  • Nabintech