८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
समावेशीकरण र सुरक्षा नीति कार्यान्वयनको अवस्था बारे पाँच ताराकाे अनुगमन
समावेशीकरण र सुरक्षा नीति कार्यान्वयनको अवस्था बारे पाँच ताराकाे अनुगमन
  • सराेज वली

जाजरकाेट । पाँच तारा युवा संरक्षण मञ्च जाजरकोटले लैङ्गिक तथा सामाजिक समावेशीकरण र सुरक्षा नीति कार्यान्वयनको अवस्था बारे अनुगमन गरेको छ।

स‌ंरक्षण मञ्च जाजरकाेटले छेडागाड नगरपालिकाका १,२,३,४ र ६ वडाहरुमा अनुगमन गरेकाे हाे ।

सेफगार्डिङ तथा जेसिको अनुगमनका लागि एक रूसी तयार गरी अनुगमन समिति गठन गरेर उक्त रुजु सूचीका आधारमा अनुगमन गरिएको  जसमा ज्ञान र सिकाइ मात्र  पर्याप्त भएको पाइएको र कार्यान्वयनको अवस्था थप प्रभावकारी बनाउनका लागि अभिमुखीकरण तथा अनुगमन  बढाउनु पर्ने कुरामा जोड दिएको मञ्चका अध्यक्ष छवी पन्तले बताउनुभयो ।

अनुगमन पश्चात आएका तथ्यहरुका आधारमा संस्थालाई सुरक्षित तथा समावेशी बनाउनका लागि थप प्रयास समेत गरीने उहाँकाे भनाइ थियाे ।

त्यसैगरी सेभ द चिल्ड्रेनका प्रतिनिधी अनन्त विकले गाल परियोजनामार्फत गरिएको यस अनुगमनले संस्थालाई एक परिष्कृत बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

आफ्नै कार्यक्रम तथा नीति निर्माणका क्रममा सरकार तथा सरोकारवालाहरु सँग साझेदारी गर्नेक्रममा सुरक्षा नीति तथा सामाजिक समावेशीकरणको अवस्थालाई मूल्याङ्कन गर्ने अभ्यास जिल्लामै पहिलोपटक पाँच तारा युवा संरक्षक मञ्चले थालनी गरेको हो ।

सरोकारवालाहरुलाई सुरक्षित संस्थाका रुपमा परिचित गर्न तथा आफ्ना कार्यक्रमहरु बालबालिका र वयस्क अरूका लागि सुरक्षित छ भनेर सुनिश्चित गर्नका लागि सुरक्षा नीति तथा समावेशीकरणको अवस्थालाई सुनिश्चित गर्ने गरिएकाे युवा संरक्षक मञ्चले जनाएकाे छ।

  • २२ मंसिर २०७९, बिहीबार प्रकाशित
  • Nabintech