सुर्खेत । कर्णालीमा सत्ता गठबन्धनबीच तालमेलमा समस्या देखिएका जिल्लाहरुमा मंगलबार साँझसम्म सहमति गरेर प्रदेश कमिटीमा निर्णय पठाउन समय दिइएको छ। सोमबार वीरेन्द्रनगरमा बसेको पाँच दलीय गठबन्धन संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । कर्णालीका डोल्पा, मुगु र सल्यान जिल्लामा गठबन्धन भत्किसकेको छ भने अन्य जिल्लाहरुमा पालिकाको भागबण्डामा सहमति जुट्न सकिरहेको...
सुर्खेत । कर्णाली प्रदेशमा सत्ता गठबन्धनलाई चुनावी तालमेल गर्न सकस भएको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन हुँदा कसले कुन पालिकाको नेतृत्व लिने भन्ने विषयमा अझै सहमति जुट्न सकेको छैन । चैत ३० गते बसेको प्रदेशस्तरीय पाँच दलीय गठबन्धन संयन्त्रको बैठक प्रदेशका १० वटै जिल्लालाई वैशाख ३ गते भित्र सिट बाँडफाँड टुंगो लगाएर पठाउन निर्देशन दिएको थियो । तर शनिबार बेलुकासम्म...
जाजरकाेट । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका...
काठमाण्डाै । निर्वाचन आयोगले आज शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट निर्वाचन आचार संहिता २०७८ लागू हुने जानकारी गराएको हो । यसअघि चैत तीन गते आयोगले निर्वाचन आचारसंहिता प्रकाशित गरेको थियो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले सामाजिक सञ्जालको प्रयोग सहि ढंगले गर्न र निर्वाचन...
जाजरकाेट । जाजरकाेटमा टाइफाइड रोग विरुद्धको खोप अभियान आजबाट सञ्चालन हुने भएको छ । टाइफाइड रोग विरुद्धको खोप अभियान २०७८/०७९ अन्तर्गत अभियान सञ्चालनको तयारी पुरा भएको स्वास्थ्य कार्यालय जाजरकाेटले जनाएको छ । कार्यालयले बिहीबार अभिमुखीकरण गराउँदै टाइफाइड रोग विरुद्धको खोप अभियान चैत २५ गतेदेखि २०७९ वैशाख ४ गतेसम्म जिल्लाका ७ वटै पालिकामा तालिका बनाएर सञ्चालन...
नलगाड । जिल्लाको नलगाड नगरपालिकाले जनप्रतिनिधीहरुको पाँच बर्षिय कार्यकालमा सम्पन्न भएका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेको छ । मंगलबार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी जनप्रतिनिधीहरुको पाँच बर्षिय कार्यकालमा भएका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेको हो । संघीयतापछि २०७४ साल वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । सोही बमोजिम नलगाड...
काठमाडौं । नेपाली कांग्रेससहितका दलहरुले स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेका छन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने हस्ताक्षर गरेको छैन । निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा राजनीतिक दललाई बोलाएको थियो । राजनीतिक दलहरुबाट प्राप्त सल्लाह सुझावलाई समेत समेट्दै...
जाजरकोट । छेडागाड ४ जेवा जाजरकोटले वडा स्तरीय शतप्रतिशत बालबालिकाहरु बिद्यालय भर्ना भई निरन्तर भएको वडा घोषणा गरेको छ । हामी सबैको एउटै इच्छा बालबालिकाहरुको लागी अनिवार्य तथा निशुल्क शिक्षा भन्ने मुल नारा सहित छेडागाड नगरपालिका प्रमुख लालबहादुर महताराले कार्यक्रम उद्घाटन गर्नु भएको थियो । ४ बर्ष देखी १२ सम्मका बाल विकास देखी कक्षा ८ सम्म पढ्ने बालबालिकाहरु...
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी थालेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसो बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् । एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।...
काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने दावी गरेका हुन् । ‘जो जो सँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्याधिक...