जाजरकोट । जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा पर्ने सडक निर्माण गर्दा गुनस्तरहिन काम गरेको स्थानीयबासीको गुनासो छ । भेरी करीडोर अन्तरगतको नलगाड नगरपालिका वडा १ को बैरीताल देखि कालिमाटि हुदै तल्लुबगरसम्म जोड्ने सडकको छेउमा मेसिनरीवाल लगाउने क्रममा गिटि हाल्नुपर्ने ठाँउमा माटो प्रयोग गरीएको स्थानीय बताउँछन । गुनस्तरहिन सडक निर्माण गर्दा राज्यको करौडौ रुपैयाँ...
जाजरकाेट । रुकुमपश्चिमको आठविसकोट नगरपालिका–११ चिसापानीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रुकुमपश्चिमको राडीबाट रिम्ना तर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप शनिबार साँझ चिसापानीबाट भेरी नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। दुर्घटनामा जिप चालक बाँफिकोट गाउँपालिका ८ दुलिका कबिराम बिक र सहचालक मुसिकोट नगरपालिका...
बाँके । ‘गर्मी मौसममा हामी डुडुवा खोलामा नुहाउन जान्थ्यौं । अहिले त खोलाको पानी खुट्टामा प¥र्यो कि चिलाउँछ । खटिरा आउँछ । बालबालिकालाई त खोलामा नुहाउन बन्देज नै लगाएका छौं’, कोहलपुर नगरपालिका—१० चटारका कनिया थारु गुनासो गर्छन्, ‘गाईभैसीले खोलाको पानी खाँदा सधैँ बिरामी हुन्छन् । दूध दिने गाईभैंसीलाई थुन पाक्ने समस्या हुन्छ । नगरपालिकाको पशु शाखालाई उपचारको लागि...
जाजरकोट । जिल्ला समन्वय समिति जाजरकोटको प्रमुखमा कालीबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् । नेपाली काँग्रेस बाट उम्मेदवारी दर्ता गराएका खत्रीको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलबहादुर सिंह निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा ११ मत प्राप्त गर्दै सिंह निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी...
काठमाडौं । खेतीयोग्य जग्गा बाँझो राखेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । मन्त्रिपरिषदले भूउपयोग नियमावली स्वीकृत गरी जग्गा बाँझो राख्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको हो । नियमावलीले काबु बाहिरको पारिस्थिति बाहेक कृषिक्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा कसूर गरेको मानिने व्यवस्था गरेको छ । यस्तो कसूर गरेमा एक...
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन । मिश्रले बुधबार प्रेस वक्तव्य जारी गर्दै चुनावी परिणामको जिम्मेवारी लिंदै राजीनामा दिएको उल्लेख गरेका छन् । गत ५ वर्षदेखि आफूले तन, मन र धनले...
जाजरकोट । भेरी नगरपालिकाको मेयर पदका उम्मेदवार कमान बहादुर खड्काले अरु भन्दा फरक तरिकाले चुनावी प्रचार गरिरहेका छन । उम्मेदवार खड्काले नगरपालिका भित्रका प्रत्येक मतदाताहरुलाई प्रत्यक्ष भेटेर मत मागिरहेका छन । अन्य दल र उम्मेदवारहरुले एकठाउँमा कार्यकर्ताहरु जम्मा गरेर भाषण गर्ने र भड्किलो तरिकाले सवारी साधनहरु प्रयोग गरी नाराबाजी गर्दै प्रचार गरिरहेको बेला...
जाजरकोट । जिल्लाको भेरी नगरपालिकाको मेयर पदका उम्मेदवार कमान बहादुर खड्काले आफु पदमा पुगेपछि बेइमानी गरे मतदाता संग फेरी भोट माग्न नआउने बताएका छन । विभिन्न चुनौतीहरुलाई चिर्दै यस पटक मेयर पदको उम्मेदवार बनेकोले यस पटक आफुलाई मतदान गर्न आव्हान गर्दै खड्काले आफ्नो प्रतिबद्धता अनुसार काम नगरी बेइमानी गरे पुन मत माग्न नआउने बताएका हुन । नेकपा ९एकीकृत समाजवादी०...
सुर्खेत । विहीबार ११ बजेसम्म कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धन संयन्त्रको बैठक बीना निष्कर्षका साथ टुंगिएको छ । भागवण्डाको अन्तिम टुंगो लगाउने भनेर बसेको बैठकमा घनिभूद छलफल भएपनि भागवण्डाको टुंगो भने लाग्न सकेन । बैठकमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभापति ललितजंग शाही, महामन्त्री निरन्जन केसी र कृष्णबहादुर रोकाय, माओवादी...
जाजरकोट । जाजरकोटका सात वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचनलाई निष्पक्ष एवं मर्यादित बनाउनका लागि जिल्लाका सात वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय उद्धघाटन गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय भेरी नगरपालिकाको जिल्ला अदालत जाजरकोटमा राखिएको छ । छेडागाडको मनघाट, नलगाड नगरपालिकाको दल्लीमा निर्वाचन अधिकृतको कार्यालय...