३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
मनसुनजन्य बिपद्का घटनाहरु न्यूनिकरण तथा प्रतिकार्यका लागि बिशेष अभियान संचालन गर्दै सशस्त्र प्रहरी बल
मनसुनजन्य बिपद्का घटनाहरु न्यूनिकरण तथा प्रतिकार्यका लागि बिशेष अभियान संचालन गर्दै सशस्त्र प्रहरी बल
  • न्युज डेस्क

जाजरकोट । मनसुन सुरुवात सँगै जाजरकोट जिल्लामा हुन सक्ने मनसुनजन्य बिपद्का घटनाहरु न्यूनिकरण तथा प्रतिकार्यका लागी सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म जाजरकोटले बिशेष अभियान संचालन गरेको छ ।

यस बर्षको मनसुन अबधिमा औषतभन्दा बढी बर्षा हुनुको साथै विपद्जन्य घटनाहरु समेत विगतका बर्षहरुमा भन्दा बढी हुने पूर्वानुमान गरे सँगै सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म जाजरकोटले बिशेष अभियान संचालन गरेको हो । गत कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका वडा नं १ रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्नेच्युटको भुकम्पले जाजरकोटका विभिन्न क्षेत्रहरुमा जमिन चर्किएर बस्तीहरु पहिरोको उच्च जोखिम रहेकाले बाढी, पहिरो, डुबान आदी जस्ता जल उत्पन्न प्रकोप न्यूनिकरण तथा पूर्व सावधानीका उपायहरु अपनाउनका लागि स्थानीय स्तरमा सचेतना अभिवृद्धि जगाउन अभियान थालिएको हो । पहिलो चरणमा बारेकोट गाउँपालिकाका बिभिन्न स्थानहरुमा सशस्त्र प्रहरी निरीक्षक हरि बहादुर बि।क।को कमाण्डमा २१ जनाको टोलीले सम्भावित विपद् जोखिमयुक्त स्थानहरुको पहिचान, जनप्रतिनिधी, स्थानीय नागरिकहरुको उपस्थितिमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरि असार ३ गतेदेखी ६ गतेसम्म भेरी नगरपालिकाका बिभिन्न स्थानहरुमा मनसुनजन्य बिपद् जोखिम न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गर्न र सम्भावित जोखिम स्थानहरुको पहिचान गर्न सशस्त्र प्रहरी निरीक्षक हरि बहादुर बि।क। को कमाण्डमा ११ जनाको टोली खटाएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक बिकाश थापाले बताए । उक्त टोलीले आषाढ ४ र ५ गते भेरी नगरपालिका वडा नं। १ रावतगाउँ र रिम्नामा स्थानीयवासीहरुसँग मनसुनजन्य बिपद् जोखिम न्यूनिकरण साथै विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालको भूमिका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म जाजरकोटले स्थानीय प्रशासन, अन्य सुरक्षा निकायहरु तथा स्थानीय निकायहरुसँग समेत समन्वय गरी मनसुनजन्य विपद्कोश जोखिम क्षेत्र पहिचान, प्रतिकार्य योजना निर्माण गरी उपलब्ध बिपद् उद्दार सामाग्री सहित जनशक्ति तयारी अवस्थामा राखेको गुल्मपति थापाले बताए ।

  • ८ असार २०८१, शुक्रबार प्रकाशित
  • Nabintech