३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
लागु पदार्थ  तथा अवैध ओसारपसार विरुद्ध जाजरकाेटमा र्याली
लागु पदार्थ  तथा अवैध ओसारपसार विरुद्ध जाजरकाेटमा र्याली
  • पवन शर्मा

जाजरकाेट । लागु पदार्थ  तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसकाे अवसरमा जाजरकाेटमा लागु पदार्थ  तथा अवैध ओसारपसार विरुद्ध र्याली गरिएकाे छ ।

लागु औषध दुरुपयाेग विरुद्ध लडाैँ, राेकथाममा जाेड दिऔँ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागेकाे लागु पदार्थ  तथा अवैध ओसारपसार विरुद्धकाे अन्तराष्ट्रिय दिवस  साप्ताहब्यापी कार्यक्रम अन्तर्गत र्याली गरिएकाे हाे ।

विशेष गरेर बढ्दो लागु औषध दुरुपयोग ओसार पसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण श्रृजनाका लागि हरेक वर्षको जून २६ तारिकका दिन यो दिवस मनाउने गरिन्छ ।

भेरी नगरपालिकाकाे कार्यालयबाट सुरु भएको चेतनामुलुक र्‍याली नयाँ बस्ती, ठाँटी बजार, रामजानकी टाेल हुदैँ गैरीखालीमा गएर काेणसभामा परिणत भएकाे थियाे । र्‍यालीमा जिल्ला समन्वय समिति जाजरकाेटका प्रमुख, भेरी नगरपालिकाका नगर प्रमुख सहितका जनप्रतिनिधिहरु, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी,  विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, शुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका प्रअ तथा विद्यार्थीहरु, पत्रकार तथा सर्वसाधरणहरुकाे उपस्थित रहेकाे थियाे ।

काेणसभा कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकाेटका प्रमुख काली बहादुर खत्री , भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्ती तथा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लगायतले आफ्नाे मन्तब्य राखेका थिए ।
उता भेरी नगरपालिकाले पनि लागु औषध दुर्वसनी विरुद्ध लागु औषध दुर्वसन नियन्त्रण तथा राेकथाम सम्वन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम स‌ंचालन गरीरहेकाे छ ।
  • ७ असार २०८१, बिहीबार प्रकाशित
  • Nabintech