३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
कृषक सहकारी तथा फर्मलाई आधुनिक यान्त्रीक सामाग्री वितरण
कृषक सहकारी तथा फर्मलाई आधुनिक यान्त्रीक सामाग्री वितरण
  • पवन शर्मा

जाजरकाेट । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना, परियाेजना कार्यान्वयन एकाई जाजरकाेटले कृषक सहकारी तथा फर्महरुलाई आधुनिक यान्त्रीक सामाग्री वितरण गरेकाे छ ।

खल‌ंगामा एक कार्यक्रमकाे आयाेजना गरेर परियाेजना एकाई जाजरकाेटले जाेन क्षेत्रमा आवद्ध २९ कृषक समुह, सहकारी तथा फर्मलाई ५० प्रतिशत अनुदानमा १३ प्रकारका फलफुल खेतीमा प्रयाेग हुने आधुनिक यान्त्रीक सामाग्री बितरण गरेकाे हाे ।

यान्त्रीकरण मार्फत कृषककाे लागत घटाई उत्पादनमा बृद्धि गरी कृषिलाई ब्यवसायकाे रुपमा आकर्षण गराउनका लागि बार्षिक स्विकृत कार्यक्रम जाेन क्षेत्रमा यान्त्रिकरण कार्यक्रम अन्तरगत कृषक समुह, सहकारी तथा फर्मलाई यान्त्रीक सामाग्री वितरण गरिएकाे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना एकाई जाजरकाेटका कार्यालय प्रमुख गणेश थापाले बताए ।

कृषक समुह, सहकारी तथा फर्मलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर ७ एच.पी ११ थान, मिनि टिलर ६ एच.पी १८ थान, मिनि टिलर ३ एच.पी १ थान,  ग्राफ्टिङ मेसिन २ थान, पेट्राेल आरी ५ थान, क्यारेट २० थान, खाडल खन्ने मेसिन ५ थान,  आरी ३ थान, फल टिप्ने कैंची १० थान, फल टिप्ने भर्याङ ३ थान लगायत कुल २२ लाख १९ हजार ६५० मूल्य लागतकाे सामाग्री वितरण गरिएकाे जसमा कार्यालयकाे ५० प्रतिशत अनुदान रहेकाे प्रमुख थापाले बताए ।

आधुनिक यान्त्रीक सामाग्री वितरण जिल्ला समन्वय समिति जाजरकाेटका समन्वय प्रमुख काली बहादुर खत्रीले गरेका थिए ।  जाेन कार्यक्रम अन्तरगत जाजरकाेटमा हाल सुन्तला, माैरी र ओखर गरि ३ वटा जाेन स‌ंचालनमा रहेका छन् ।

  • ८ असार २०८१, शुक्रबार प्रकाशित
  • Nabintech